ललितपुर सिटी एफसी बन्यो एनएसएल दोस्रो संस्करणको ‘च्याम्पियन’

ललितपुर सिटी एफसी बन्यो एनएसएल दोस्रो संस्करणको ‘च्याम्पियन’ : Icon Khabar

काठमाडौँ, पुस १५ । नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको फाइनलमा धनगढी एफसीलाई ३–२ ले हराउँदै ललितपुरले उपाधि उचालेको हो ।

पहिलो हाफमा दुवै टोली १–१ को बराबरीमा रोकिए पनि ललितपुरले दोस्रो हाफमा नतिजा उल्ट्याउँदै जित आफ्नो पोल्टामा पार्‍यो । खेलको ३७ औं मिनेटमा ओलावाले हाफिजले धनगढीका लागि गोल गरे पनि अग्रता जोगाउन नसक्दा ललितपुरसँग स्तब्ध बन्यो । पहिलो हाफको इन्जुरी समयमा इमो इजकिएलले गोल गर्दै ललितपुरलाई १–१ को बराबरीमा पुर्‍याए ।

खेलको ४९औं मिनेटमा दिनेश हेञ्जनले गोल गरेपछि ललितपुरले २–१ को अग्रता बनायो । लगत्तै खेलको ५७ औं मिनेटमा इमोले व्यक्तिगत दोस्रो गोल गरेपछि खेलमा ललितपुर ३–१ ले अघि बढ्यो । खेलको ७८औँ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै धनगढीका अगेमाङ मैदानबाट बाहिरिएपछि धनगढी १० खेलाडीमा सिमित बन्न पुग्यो । खेलको अतिरिक्त समयमा धनगढीका लागि अहमद हिजाजीले गोल गर्दै खेललाई ३–२ को स्थितमा पुर्‍याए पनि जीत निकाल्न भने सकेनन् । जितसँगै ललितपुरले ७० लाख रुपैयाँ पुरस्कार पाएको छ भने उप बिजेता धनगढीले २० लाख रुपैयाँमा चित्त बुझाएको छ ।

Published Date: 31 December 2023


ताजा
भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम! नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी
अत्यन्त जरुरी सूचना: गोसाइँकुण्डबाट काठमाडौं फर्कने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
डोलेश्वरको श्रावानी मेलाको आरती भन्दा ‘आसन ग्रहण’ लामो!
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास