ललितपुर सिटी एफसी बन्यो एनएसएल दोस्रो संस्करणको ‘च्याम्पियन’

ललितपुर सिटी एफसी बन्यो एनएसएल दोस्रो संस्करणको ‘च्याम्पियन’ : Icon Khabar

काठमाडौँ, पुस १५ । नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको फाइनलमा धनगढी एफसीलाई ३–२ ले हराउँदै ललितपुरले उपाधि उचालेको हो ।

पहिलो हाफमा दुवै टोली १–१ को बराबरीमा रोकिए पनि ललितपुरले दोस्रो हाफमा नतिजा उल्ट्याउँदै जित आफ्नो पोल्टामा पार्‍यो । खेलको ३७ औं मिनेटमा ओलावाले हाफिजले धनगढीका लागि गोल गरे पनि अग्रता जोगाउन नसक्दा ललितपुरसँग स्तब्ध बन्यो । पहिलो हाफको इन्जुरी समयमा इमो इजकिएलले गोल गर्दै ललितपुरलाई १–१ को बराबरीमा पुर्‍याए ।

खेलको ४९औं मिनेटमा दिनेश हेञ्जनले गोल गरेपछि ललितपुरले २–१ को अग्रता बनायो । लगत्तै खेलको ५७ औं मिनेटमा इमोले व्यक्तिगत दोस्रो गोल गरेपछि खेलमा ललितपुर ३–१ ले अघि बढ्यो । खेलको ७८औँ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै धनगढीका अगेमाङ मैदानबाट बाहिरिएपछि धनगढी १० खेलाडीमा सिमित बन्न पुग्यो । खेलको अतिरिक्त समयमा धनगढीका लागि अहमद हिजाजीले गोल गर्दै खेललाई ३–२ को स्थितमा पुर्‍याए पनि जीत निकाल्न भने सकेनन् । जितसँगै ललितपुरले ७० लाख रुपैयाँ पुरस्कार पाएको छ भने उप बिजेता धनगढीले २० लाख रुपैयाँमा चित्त बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 December 2023
Website | + posts




ताजा
काठमाडौँमा अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो
आजदेखि सिनेमा हलमा ‘परान’
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने