बर्दियाबाट वनभोजका लागि दाङ आउँदै गरेको बस दुर्घटना, २० जना घाइते

बर्दियाबाट वनभोजका लागि दाङ आउँदै गरेको बस दुर्घटना, २० जना घाइते : Icon Khabar

दाङ । दाङमा आज (आइतबार) बिहान बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । राप्ती राजमार्ग अन्तर्गत सितलपुर–अमेलिया सडक खण्डको भञ्जाङमा भे १ ख २०४१ नम्बरको बस दुर्घटना भएको हो ।

बस दुर्घटना हुँदा बर्दियाबाट दाङको चखौरा वनभोजका लागि गएकाहरु घाइते भएका हुन् । उनीहरु दंगीशरण–३ को थारु सङ्ग्रहालय रहेको चखौरामा वनभोजका लागि जान लागेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रशाद पोखरेलका अनुसारका घाइतेहरुलाई उपचारका लागि दाङको तुलसीपुर र बाँकेको नेपालगञ्ज पठाइएको छ ।

Published Date: 31 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग