भक्तपुरमा आधारभूत विद्यालय समितिस्तरीय चम्चा दौड प्रतियोगिता सम्पन्न

भक्तपुरमा आधारभूत विद्यालय समितिस्तरीय चम्चा दौड प्रतियोगिता सम्पन्न : Icon Khabar

भक्तपुर, पुस १३ । आधारभूत विद्यालय समिति भक्तपुरको वार्षिक कार्यतालिका अनुसार भारती आधारभूत विद्यालयको संयोजनमा शुक्रबार आधारभूत विद्यालयस्तरीय चम्चा दौड प्रतियोगिता सम्पन्न भएको छ ।

आधारभूत विद्यालय समिति भक्तपुरका अध्यक्ष तथा भीम आदर्श आविका प्रअ दीपक माकको सभापतित्वमा सम्पन्न भएको उक्त प्रतियोगितामा उनले सिकाईलाई लामो समयसम्म दीगो राख्न र विद्यार्थीहरुको प्रतिभा प्रफुस्टनको लागि साझा मञ्चको रुपमा आधारभूत विद्यालय समिति रहेको र विद्यार्थीहरुको शारीरिक, मानसिक, बौद्धिक जस्ता सर्वाङ्गिण पक्षको विकासमा समिति सक्रिय रहेको बताए ।

उनले शिक्षा सरकारको दायित्व भएकोले देशको समग्र र दिगो विकासका लागि शिक्षामा लगानी बृद्धि गरी विद्यालयहरुलाई थप सबल बनाउन जोड दिंदै विद्यालयको जगका रुपमा रहेको आधारभूत विद्यालयको सुधार र विकासमा विशेष ध्यान दिनुपर्ने बताए।

उक्त प्रतियोगिताका निर्णायक एवं समितिका सचिव तथा हंसबाहिनी आविका प्रअ सूर्य बहादुर फोंजूले किताबी ज्ञानले मात्र विद्यार्थीहरु निपूर्ण नहुने बताउँदै सफलताको लागि नियमहरुको पालना सहित मित्रवत् व्यवहारमा खेल खेल्नुपर्ने बताए।

प्रतियोगिता संचालनको संयोजन गरेको विद्यालयका प्रअ शर्मिला लोहलाले स्वागत गरेको सोही प्रतियोगितामा बरदायिणी आविका प्रअ कृष्णगोपाल आचार्यले समेत बोलेका थिए।

कक्षा १ देखि ३ सम्मको २० मिटर छात्र चम्चा दौड प्रतियोगितामा ज्ञानविजय आविका कमल लुङ्गेली मगर प्रथम, तारा माविका महेश तामाङ द्धितीय, बालमन्दिर आविका भोजन राज न्यौपाने तृतीय तथा भारती आविका सोनाम तामाङ र उदय आविका आयुष सुनार संयुक्त रुपमा सान्त्वना भएका थिए ।

कक्षा १ देखि ३ सम्मको २० मिटर छात्रा चम्चा दौड प्रतियोगितामा बरदायिणी आविका आशिका बजगाई प्रथम, शारदा आविका ज्योति बिक द्धितीय, तारा माविका ज्योतिकुमारी शाह तृतीय तथा भारती आविका खुशी वाइवा र बालसेवक आविका आयुष सुनार संयुक्त रुपमा सान्त्वना भएका थिए ।

कक्षा ४ देखि ५ सम्मको २० मिटर छात्र चम्चा दौड प्रतियोगितामा दत्तात्रय आविका समिर गुरुङ प्रथम, तारा माविका निरञ्जन कुमार रजक द्धितीय, भीम आदर्श आविका बिलाल मन्सुरी तृतीय तथा भारती आविका सुशान्त दास बानियाँ र जनसेवा आविका सुशान्त बिक संयुक्त रुपमा सान्त्वना भएका थिए ।

कक्षा ४ देखि ५ सम्मको २० मिटर छात्र चम्चा दौड प्रतियोगितामा भारती आविका प्रतिमा तामाङ प्रथम, भीम आदर्श आविका दीपशिखा तामाङ द्धितीय, ब्रम्हाचारिणी आविका कमना तामाङ तृतीय तथा जनसेवा आविका पुनम जिम्बा र सन्तति आविका एलिसा गौतम संयुक्त रुपमा सान्त्वना भएका थिए ।

कक्षा ६ देखि ८ सम्मको ३५ मिटर छात्र चम्चा दौड प्रतियोगितामा ज्ञानविजय आविका जीवन चौधरी प्रथम, नवीन आविका जलनाथ नेपाली द्धितीय, गणेश माविका रकिश श्रेष्ठ तृतीय र समाज सुधार माविका विवेक चौधरी सान्त्वना भएका थिए ।

कक्षा ६ देखि ८ सम्मको ३५ मिटर छात्रा चम्चा दौड प्रतियोगितामा दत्तात्रय आविका रबिना तामाङ प्रथम, नवीन आविका अफ्रिना खातुन द्धितीय, ज्ञानविजय आविका जस्मिन क्षेत्री तृतीय र गणेश माविका अस्मिन खातुन सान्त्वना भएका थिए ।

उक्त प्रतियोगितामा आधारभूत समितिका २१ वटा विद्यालयको ८१ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 December 2023
Website | + posts