भक्तपुरमा भोलि हुने सम्पदा पदयात्राको डिजिटल मार्ग प्रकाशन

सो गुगल म्यापको प्रयोगले पदयात्रामा सहभागीहरुले सहज ढंगले बहा बहीको जानकारी लिन सकिने

भक्तपुरमा भोलि हुने सम्पदा पदयात्राको डिजिटल मार्ग प्रकाशन : Icon Khabar

भक्तपुर, पुस १३ । भक्तपुर नगरपालिकाले भोलि शनिबार आयोजना गर्न गईरहेको सम्पदा पदयात्राको डिजिटल मार्ग पनि प्रकाशन भएको छ । ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यले आयोजित सम्पदा पदयात्राको लिखित मार्ग भक्तपुर नगरपालिकाले प्रकाशित गरिसकेको अवस्थामा उक्त मार्गलाई आधार बनाई पदयात्रामा सहभागीहरुको सहजताका लागि डिजिटल भर्जन स्वरुप गुगल म्यापमा पनि प्रकाशित भएको छ ।

भक्तपुर नगरपालिका वडा नं ४, गहिति निवासी न्हुज किजुले उक्त मार्गलाई डिजिटल भर्जनमा प्रकाशित गरेका हुन् । Bsc.CSIT मा स्नातक उतीर्ण गरेका न्हुजले पदयात्रामा सहभागीहरुको सहजताका लागी स्वस्फुर्त रुपमा आफुले जानेको सिप प्रयोग गरी नगरपालिकाले प्रकाशित गरेको लिखित मार्गलाई आधार बनाई डिजिटल रुपमा गुगल म्यापमा प्रकाशित गरेको बताए ।

उक्त प्रकाशित डिजिटल म्यापको माध्यमबाट पदयात्रामा सहभागीहरुले GPS Tracking गरी आफु कुन ठाउँमा पुगेँ र नजिकै कुन बहा बही आउँदै छ भनी थाहा पाउन सकिने बताए । किजुले उक्त डिजिटल म्यापमा सम्पदा पदयात्रामा घुम्ने १९ वटा बहा बहीहरु समावेश गरी सम्बन्धीत बहा बहीको परिचय र फोटो पनि समावेश गरेका छन् । यसको प्रयोगले पदयात्रामा सहभागीहरुले सहज ढंगले बहा बहीको जानकारी लिन सकिने बताए ।

उक्त डिजिटल म्याप प्रयोग गर्नलाई २ वटा माध्यमहरु राखिएको छ ।

Published Date: 29 December 2023
ताजा
एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स विश्वकपको सेमिफाइनलमा, मोरक्कोको यात्रा समाप्त
मनसुन थप सक्रिय हुँदै: देशभर वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमयदर, डलरको बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय