सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ : Icon Khabar

काठमाडौँ, पुस १३ । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज (शुक्रबार) पनि हुँदैछ । बिहीबार बहस भएर ‘हेर्दाहेर्दै’ मा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो ।

सुनुवाइ नसकिएपछि बिहीबार हेर्दाहेर्दैमा राखिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीकै तर्फबाट बयान नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । आइतवारदेखि अन्तिम सुनुवाइ शुरू भएको मुद्दामा बिहीवार आदेश आउन सक्ने अपेक्षा थियो ।

प्रतिवादीको बहस नसकिएको र जवाफी बहससमेत बाँकी नै रहेको अवस्थामा आज पुनः सुनुवाइ हुनेछ । सर्वोच्च अदालतले गत १५ फागुनमा नै यो मुद्दाको चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक–पटक पेशी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन । लामिछानेविरुद्ध गत वर्ष एक किशोरीले बलात्कारको मुद्दा हालेकी थिइन् ।

Published Date: 29 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग