टर्कीमा एकसाथ सात वडा गाडी ठोक्किँदा ११ को मृत्यु, ५७ जना घाइते

टर्कीमा एकसाथ सात वडा गाडी ठोक्किँदा ११ को मृत्यु, ५७ जना घाइते : Icon Khabar

काठमाडौँ, पुस १३ । टर्कीमा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् । राज्य सञ्चालित टीआरटी प्रशारकका अनुसार दुर्घटना बिहीबार उत्तरी मारमारा राजमार्गमा उत्तरपश्चिमी साकार्या प्रान्त नजिकै भएको हो । राजमार्गको इस्तानबुलको दग्दिबी क्षेत्रमा बाक्लो हुस्सुका कारण भएको चेन दुर्घटनामा तीन वटा बस र एउटा ट्रकसहित सातवटा सवारीसाधन ठोक्किएका हुन् ।

दुर्घटनापछि राजमार्गको इस्तानबुल दिशामा यातायात ठप्प भएको थियो । साकारियाका गभर्नर यासर करादेनिजले घाइतेहरूको १० वटा विभिन्न अस्पतालमा उपचार भइरहेको बताए । टर्कीका न्यायमन्त्री यिलमाज टुन्कले दुर्घटनामा तीन जना सरकारी वकिललाई उपप्रमुख सरकारी वकिलको समन्वयमा खटाएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 December 2023
Website | + posts
ताजा
सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु
नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु