गौशालाबाट हराएकी २ वर्षीया बालिका भक्तपुरबाट उद्धार

गौशालाबाट हराएकी २ वर्षीया बालिका भक्तपुरबाट उद्धार : Icon Khabar

काठमाडौं, पुस १२ । गौशालास्थित पशुपति मन्दिरको १ नम्बर गेट नजिकैबाट हराएकी २ वर्षीया बालिका आकिशा सुनुवारलाई प्रहरीले उद्धार गरेको छ ।

उनकी आमाले चलाउँदै आएको चिया पसलबाट एक जना व्यक्तिले बालिकालाई अपहरण गरेको भन्दै प्रहरी कहाँ उजुरी परेको थियो । लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले खोजी थालेको थियो ।

त्यसक्रममा बिहीबार बालिकालाई भक्तपुरबाट उद्धार गरेर एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए । उनले भने, ‘पक्राउ परेका व्यक्तिलाई स्वास्थ्य जाँचका लागि पठाएका छौं ।’

पक्राउ परेका व्यक्ति चिया पसलमा नियमित आइराख्थे । उनले प्रहरीसँग बालिका आफ्नो छोरी भएको दाबी गरेका छन् । अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘उनको मानसिक अवस्था ठीक नभएको जस्तो बुझिन्छ, स्वास्थ्य जाँचपछि केही थाहा होला ।’

बालिका लिएर उनी पठाओमा गएको देखिएको थियो । पछि सीसी टीभी क्यामरालगायतको सहयोगमा बालिकालाई भक्तपुरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 December 2023
Website | + posts