इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन दुर्घटना

इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन दुर्घटना : Icon Khabar

जेरुसेलम, पुस १२ । इजरायली सेनाले बिहीबार इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन दुर्घटना भएको जनाएको छ । आक्रमणको हमास लडाकूसमूहसँग सम्बन्ध रहेको इराकी सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार सिरियाबाट प्रक्षेपण गरिएको विस्फोटक पदार्थ बोकेको ड्रोन बुधबार साँझ एलियाड बस्तीको दक्षिणमा खसालिएको थियो ।

इरान समर्थक सशस्त्र समूहहरूको कमजोर समूह इस्लामिक रेजिस्टेन्स इन इराकले वक्तव्य जारी गर्दै एलियाडको दक्षिणमा रहेको ‘महत्त्वपूर्ण लक्ष्य’ मा ‘उपयुक्त हतियार’ प्रहार गरेको जनाएको छ ।

इजरायलले अक्टोबर ७ मा एक हजार १४० जनाको ज्यान जाने गरी भएको रक्तपातपूर्ण आक्रमणको बदलामा हमासलाई नष्ट गर्ने आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।

हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार इजरायलको बमबारी र स्थल आक्रमणमा परी कम्तीमा २१ हजार ११० जनाको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका छन् ।

गाजामा युद्ध सुरु भएदेखि इराकमा इस्लामिक रेजिस्टेन्सले इराक र सिरियामा अमेरिकी र अन्तर्राष्ट्रिय गठबन्धन सेनाविरुद्ध भएका थुप्रै आक्रमणको जिम्मेवारी लिएको छ ।

वासिङ्टनले अक्टोबर १७ यता इराक र सिरियामा आफ्ना सेनाविरुद्ध १०३ वटा आक्रमण गरेको अमेरिकी सेनाका एक अधिकारीले बताएका छन् ।

तीमध्ये अधिकांश आक्रमणको जिम्मेवारी इराकमा इस्लामिक रेजिस्टेन्सका समूहले लिएका छन् । उक्त समूहले हमासविरुद्धको युद्धमा इजरायललाई अमेरिकी समर्थनको विरोध गरेको छ । यस समूहले अहिलेसम्म इजरायली हितविरुद्ध प्रत्यक्ष आक्रमणको दाबी गरेको छ ।

इजरायलले सन् १९६७ को अरब–इजरायल युद्धमा सिरियाबाट गोलान हाइट्सको केही भाग जितेको थियो भने सन् १९८१ मा उक्त क्षेत्र कब्जा गरेको थियो । उक्त क्षेत्रमा युद्ध गरेका ती मुलुकबिच युद्धविराम गर्दै शान्तिका लागि सम्झौता गरेका थिए । यद्यपि यो सम्झौतालाई संयुक्त राष्ट्रसङ्घले मान्यता दिएको छैन । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 December 2023


ताजा
सोमबारको सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढ्यो
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट
काठमाडौँ रानीवारिको एक घरबाट ५६ लाख ५० हजार बराबरको सुनका गहना चोरी
पाकिस्तानले गर्यो अफगानिस्तान सँगको सीमानामा हवाई हमला


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी