कर्मचारीको हड्तालपछि अनिश्चतकालका लागि आइफिल टावरको सेवा बन्द

कर्मचारीको हड्तालपछि अनिश्चतकालका लागि आइफिल टावरको सेवा बन्द : Icon Khabar

पेरिस, पुस १२। फ्रान्सस्थित विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको आइफिल टावरले कर्मचारी हडतालमा उत्रिएपछि अनिश्चितकालका लागि सेवा बन्द गरिएको छ। टावर हेर्नका लागि दिइँदै आएको पर्यटककीय सेवा अनिश्चतकालका लागि अवरूद्ध बनेको टावर सञ्चालक समितिले पुष्टि गरेका छ।

टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ आइफिलको मृत्युको १०० औँ वर्ष पुगेको सन्दर्भमा टावर व्यवस्थापन सम्बन्धी कमजोरी देखाउँदै यसमा कार्यरत कर्मचारीले हडताल गरेका फ्रान्सको श्रमिक महासङ्घ (सीजीटी) ले एक विज्ञप्तिमा जनाएको छ।

सेटेले आगन्तुकहरूसँग माफी माग्दै बुधबारका लागि इलेक्ट्रोनिक टिकट भएका सबै आगन्तुक पर्यटकलाई ‘उनीहरूको इमेल जाँच गर्न’ भन्दै सेवा अवद्धताबारे जानकारी गराएको छ।

पेरिसको सबैभन्दा प्रसिद्धस्थल आइफिल टावरले हरेक वर्ष करिब ७० लाख आगन्तुकहरूलाई आकर्षित गर्दछ, जसमध्ये करिब तीन चौथाइ विदेशी पर्यटक रहने गर्छन्। आइफिलको २७ डिसेम्बर १९२३ मा ९१ वर्षको उमेरमा निधन भएको थियो। -एजेन्सी

Published Date: 28 December 2023
ताजा
डिजिटल युगमा पनि मतदाता परिचय रूजू गराउनुपर्ने झन्झट, ख्वप कलेज मतदान केन्द्रमा मतदाताको गुनासो
निर्वाचनका दिन मौसम सफा रहने, वर्षाको सम्भावना छैन
भोलि हुने निर्वाचनमा दुई प्रकारका मतपत्र प्रयोग हुने
म यही देशको नागरिक हुँ, मेरो उम्मेदवारी खारेज भएको छैन: आशिका तामाङ


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो