बसमा आगलागी हुँदा १३ जनाको मृत्यु

बसमा आगलागी हुँदा १३ जनाको मृत्यु : Icon Khabar

नयाँदिल्ली, पुस १२ । भारतको मध्य प्रदेश राज्यमा बसमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । आगलागीमा परी अन्य १७ जना घाइते भएका छन् । मध्य प्रदेशको गुना भन्ने ठाउँबाट आरोन जाँदै गर्दा बस क्रेनसँग ठोक्किएर सडकबाट तल खसेको थियो । बसमा ३० जना यात्रु सवार थिए । भारतीय सञ्चार माध्यमहरूका अनुसार मृत्यु भएकाहरूको पहिचाका लागि डिएनए परीक्षण गराउने तयारी भइरहेको छ ।

यसैबीच मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले घटनामा मृत्यु भएकाहरूको परिवारलाई ४ लाखका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् । यस्तै घटनामा घाइते भएकाहरूलाई ५० हजारका दरले उपलब्ध गराउने पनि उनले बताएका छन् । घटनामा घाइते भएका १७ जनाको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 28 December 2023
Website | + posts




ताजा
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित