नेपाल सुपर लिग : आज काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्दै

नेपाल सुपर लिग : आज काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्दै : Icon Khabar

काठमाडौं, पुस १० । नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज (मंगलबार) साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रङ्गशालामा हुने काठमाडौँ र ललितपुरबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । आजको खेलमा विजेता बन्ने टोलीले फाइनलमा पुग्न दोस्रो इलिमिनेटरमा पोखरा थन्डर्ससँग खेल्नेछ ।

तेस्रो स्थानको काठमाडौंले आठ खेलबाट समान तीन खेलमा जित र बराबरीसँगै दुई खेलमा हारको नतिजासहित १२ अङ्क जोड्दै प्लेअफमा स्थान बनाएको हो भने चौथो स्थानको ललितपुरले लिग चरणमा दुई जित, चार बराबरी र दुई खेलमा हार बेहोरेर १० अङ्क जोडेको थियो । एनएसएलको उपाधिका लागि धनगढीले भने स्थान सुरक्षित गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 December 2023
Website | + posts






ताजा
बलिउड अभिनेता वरुण धवन घाइते
भारतमा भएको एक कार्यक्रममा एक जना फोटोग्राफरले उदित नारायणलाई चुम्बन गरेपछि
आजदेखि च्याम्पियन्स ट्रफी सुरु हुँदै, पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
चीनमा तीन वर्षमा स्थापना भए १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू


ट्रेन्डिङ
२०५८ सालदेखि मौका परीक्षा दिन नपाएका विद्यार्थीलाई मौका परीक्षाको आवेदन खुला
विद्युत प्राधिकरणको लापरबाहीले गर्दा बबरमहलमा मेलम्चीको पाइप फुट्यो: केयुकेएल
ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको भक्तपुर शाखा सूर्यविनायकमा सुरू
शुक्रबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढ्यो