नेपाल सुपर लिग : आज काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्दै

नेपाल सुपर लिग : आज काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्दै : Icon Khabar

काठमाडौं, पुस १० । नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज (मंगलबार) साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रङ्गशालामा हुने काठमाडौँ र ललितपुरबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । आजको खेलमा विजेता बन्ने टोलीले फाइनलमा पुग्न दोस्रो इलिमिनेटरमा पोखरा थन्डर्ससँग खेल्नेछ ।

तेस्रो स्थानको काठमाडौंले आठ खेलबाट समान तीन खेलमा जित र बराबरीसँगै दुई खेलमा हारको नतिजासहित १२ अङ्क जोड्दै प्लेअफमा स्थान बनाएको हो भने चौथो स्थानको ललितपुरले लिग चरणमा दुई जित, चार बराबरी र दुई खेलमा हार बेहोरेर १० अङ्क जोडेको थियो । एनएसएलको उपाधिका लागि धनगढीले भने स्थान सुरक्षित गरिसकेको छ ।

Published Date: 26 December 2023






ताजा
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड