युक्रेनद्वारा क्रिमियामा रुसी जहाज ध्वस्त

युक्रेनद्वारा क्रिमियामा रुसी जहाज ध्वस्त : Icon Khabar

कीभ, पुस १० । युक्रेनको वायुसेनाले मंगलबार उसले क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको आशङ्कामा मस्कोको कीभविरुद्धको युद्धमा प्रयोग गरिएको रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ ।

वायुसेनाको रणनीतिक उड्डयनले फिओडोसिया क्षेत्रमा रुसी सङ्घको ब्ल्याक सी फ्लीटको नोभोचेर्कस्क जहाजलाई क्रुज मिसाइलले आक्रमण गरेको युक्रेनले दाबी गरेको छ ।

फिओडोसिया रुसी नौसेनाको कब्जा गरिएको क्रिमियन प्रायद्वीपस्थित आधार शिविर हो ।

स्रोतले बताए अनुसार सो विमान रुसले युक्रेनका विरुद्ध नियमित रूपमा प्रयोग गर्ने इरानी विस्फोटक ड्रोनसँग सम्बद्ध रहेको आशङ्का गरिएको छ ।

वायुसेना कमान्डेन्ट माइकोला ओलेचचौकले फिओडोसियामा रहेको रुसी नौसैनिक आधारमा भएको ज्वलन्त विस्फोटको भिडियो पोस्ट गर्नुभएको छ । – रासस/एएफपी

Published Date: 26 December 2023






ताजा
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड