युक्रेनद्वारा क्रिमियामा रुसी जहाज ध्वस्त

युक्रेनद्वारा क्रिमियामा रुसी जहाज ध्वस्त : Icon Khabar

कीभ, पुस १० । युक्रेनको वायुसेनाले मंगलबार उसले क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको आशङ्कामा मस्कोको कीभविरुद्धको युद्धमा प्रयोग गरिएको रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ ।

वायुसेनाको रणनीतिक उड्डयनले फिओडोसिया क्षेत्रमा रुसी सङ्घको ब्ल्याक सी फ्लीटको नोभोचेर्कस्क जहाजलाई क्रुज मिसाइलले आक्रमण गरेको युक्रेनले दाबी गरेको छ ।

फिओडोसिया रुसी नौसेनाको कब्जा गरिएको क्रिमियन प्रायद्वीपस्थित आधार शिविर हो ।

स्रोतले बताए अनुसार सो विमान रुसले युक्रेनका विरुद्ध नियमित रूपमा प्रयोग गर्ने इरानी विस्फोटक ड्रोनसँग सम्बद्ध रहेको आशङ्का गरिएको छ ।

वायुसेना कमान्डेन्ट माइकोला ओलेचचौकले फिओडोसियामा रहेको रुसी नौसैनिक आधारमा भएको ज्वलन्त विस्फोटको भिडियो पोस्ट गर्नुभएको छ । – रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 December 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न