गाजालाई सहायता बढाउने प्रस्ताव सुरक्षा परिषदबाट पारित, तर युद्धविराममा कुनै सहमति भएन

गाजालाई सहायता बढाउने प्रस्ताव सुरक्षा परिषदबाट पारित, तर युद्धविराममा कुनै सहमति भएन : Icon Khabar

काठमाडौं, पुस ७ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजा पट्टीमा थप सहायता पुर्‍याउन अनुरोध गर्ने प्रस्ताव पारित गरेको छ। तर, इजरायल र हमासबीच तत्काल युद्धविरामको अपिल गर्ने प्रस्तावमा सहमति हुन सकेन ।

सुरक्षा परिषद्को स्थायी सदस्य र इजरायलको प्रमुख सहयोगी अमेरिकालाई भिटोबाट रोक्नको लागि धेरै दिनको वार्तापछि यो मतदान भएको हो।

शुक्रबार पारित भएको यो प्रस्ताव संयुक्त अरब इमिरेट्सले पेश गरेको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजालाई सहायता उपलब्ध गराउन रोक्ने ‘वास्तविक समस्या’ इजरायलको निरन्तर आक्रामक अडान रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघले युद्ध जारी रहे गाजामा भोकमरीको खतरा रहेको चेतावनी दिएको छ । अक्टोबर ७ को हमलापछि इजरायलले हमासलाई ध्वस्त पार्ने उद्देश्यले गाजामा ठूलो सैन्य कारबाही सुरु गरेको थियो। हमासको स्वास्थ्य मन्त्रालयका अनुसार गाजा पट्टीमा भएको यस आक्रमणमा कम्तीमा २० हजार मानिस मारिएका छन् ।

मतदान हुनु केही मिनेट अघि, सुरक्षा परिषदका पाँच स्थायी सदस्यहरू मध्ये एक रसियाले तत्काल युद्धविरामको लागि आह्वान गर्दै अघिल्लो मस्यौदामा संशोधन पेश गर्‍यो।

यस मस्यौदाले इजरायललाई गाजा पट्टी खाली गर्न अगाडि बढ्न स्वतन्त्रता दिएको रुसको तर्क थियो। तर, रूसको संशोधन फेल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 December 2023
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने