कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौं, असोज २७ । हाल देशमा पश्चिमी वायुका साथै मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी हिमाली तथा देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। देशका तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

यसैगरी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका थोरै स्थानहरूमा तथा देशका अन्य हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम सफा नै रहनेछ।

रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मध्यम र एक-दुई स्थानमा भारी वर्षा वा हिमपातको जोखिम रहेको छ। साथै, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा समेत मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

Published Date: 13 October 2026






ताजा
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड