मुलुक दोधारमा उभिएको छ : देउवा

मुलुक दोधारमा उभिएको छ : देउवा : Icon Khabar

काठमाडौं, पुस ७ । सत्ता साझेदार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुक दोधारमा उभिएको बताएका छन् । आज (शनिबार) काठमाडौंमा सुरु कांग्रेस बागमती प्रदेश सम्मेलनमा देउवाले मुलुक संक्रमणकालमा रहेको बताएका हुन् । भन्ने कुरा धेरै छैन भन्दै देउवाले भने, ‘कांग्रेस नेतृत्वदायी भूमिकामा बसेर समावेशी समानुपतिक लोकतान्त्रिक व्यवस्था स्थापित गरेका छौँ, यो महत्वपूर्ण कुरा हो ।’

उनले आशा नगरी पार्टीका लागि योगदान गर्नेहरूप्रति सम्मान व्यक्त गरे । ‘साथीहरूको त्याग तपस्या र बलिदानले ठूलो पार्टी बन्न सकेको छ । ग्रासरुटदेखि नै बलियो बनाउन सबै साथीहरू लाग्नु हुनेछ । साथीहरूबीच मेलमिलाप हुन जरुरी छ । जितहार हुन्छ । हार्ने साथी जित्ने साथीलाई सहयोग गर्नु पर्छ । जित्ने सधैँ जित्ने, हार्ने सधैँ हार्ने होइन । पूर्णरूपमा मेलमिलाप हुन सकेको छैन’, उनले भने ।

सम्मेलनमा उपसभापति धनराज गुरुङले पार्टीको केन्द्रीय पदाधिकारी तल्लो तहबाटै छानिनुपर्नेमा जोड दिए । क्रियाशील सदस्यबाट केन्द्रिय सभापति चुनिनुपर्ने उनको भनाइ छ । उनले भने, ’२ हजार कृयाशील सदस्य भएको ठाउँमा २ सय भोट आउँछ यसबारे सोच्नुपर्छ । महाधिवेशनमा पदाधिकारीलाई भोट हाल्ने, आम चुनावमा पार्टीलाई भोट नहाल्नेपुति हामीले सोच्ने कि नसोच्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 December 2023
Website | + posts