मुलुक दोधारमा उभिएको छ : देउवा

मुलुक दोधारमा उभिएको छ : देउवा : Icon Khabar

काठमाडौं, पुस ७ । सत्ता साझेदार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुक दोधारमा उभिएको बताएका छन् । आज (शनिबार) काठमाडौंमा सुरु कांग्रेस बागमती प्रदेश सम्मेलनमा देउवाले मुलुक संक्रमणकालमा रहेको बताएका हुन् । भन्ने कुरा धेरै छैन भन्दै देउवाले भने, ‘कांग्रेस नेतृत्वदायी भूमिकामा बसेर समावेशी समानुपतिक लोकतान्त्रिक व्यवस्था स्थापित गरेका छौँ, यो महत्वपूर्ण कुरा हो ।’

उनले आशा नगरी पार्टीका लागि योगदान गर्नेहरूप्रति सम्मान व्यक्त गरे । ‘साथीहरूको त्याग तपस्या र बलिदानले ठूलो पार्टी बन्न सकेको छ । ग्रासरुटदेखि नै बलियो बनाउन सबै साथीहरू लाग्नु हुनेछ । साथीहरूबीच मेलमिलाप हुन जरुरी छ । जितहार हुन्छ । हार्ने साथी जित्ने साथीलाई सहयोग गर्नु पर्छ । जित्ने सधैँ जित्ने, हार्ने सधैँ हार्ने होइन । पूर्णरूपमा मेलमिलाप हुन सकेको छैन’, उनले भने ।

सम्मेलनमा उपसभापति धनराज गुरुङले पार्टीको केन्द्रीय पदाधिकारी तल्लो तहबाटै छानिनुपर्नेमा जोड दिए । क्रियाशील सदस्यबाट केन्द्रिय सभापति चुनिनुपर्ने उनको भनाइ छ । उनले भने, ’२ हजार कृयाशील सदस्य भएको ठाउँमा २ सय भोट आउँछ यसबारे सोच्नुपर्छ । महाधिवेशनमा पदाधिकारीलाई भोट हाल्ने, आम चुनावमा पार्टीलाई भोट नहाल्नेपुति हामीले सोच्ने कि नसोच्ने ?’

Published Date: 23 December 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग