सुपर लिग अन्तर्गत शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै

सुपर लिग अन्तर्गत शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै : Icon Khabar

काठमाडौं, पुस ७ । दोस्रो संस्करणको नेपाल सुपर लिग अन्तर्गत शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै छन् ।

अपरान्ह १ बजे दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा बुटवल लुम्बिनी एफसी र वीरगन्ज युनाइटेड एफसी एकअर्का सँग भिड्ने छन् । यस्तै ५ भने सुरु हुने खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एक अर्का सँगै खेल्दै लिग चरणको अन्त्य गर्नेछन् ।

आज खेल्ने चार मध्य बुटवल बाहेक तीन टोलीको प्लेअफमा आफ्नो स्थान बनाउने सम्भावना रहेको छ । विरगंजको ७ खेलमा ८ अंक रहँदा बुटवलको भने ७ खेलमा ७ अंक मात्र छ । वीरगन्जले जित हासिल गरेमा १० अंकमा रहेको झापा एफसीलाई उछिन्दै शीर्ष चारमा आफ्नो स्थान पक्का गर्ने छ ।

ललितपुर र काठमाडौं बीचको खेलको विजेताले पनि प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्ने छ । ललितपुरले जित हासिल गरेमा दोस्रो स्थानमा रहेको धनगढी भन्दा अगाडि रहँदै शीर्ष दुईमा रहँदै प्लेअफमा खेल्ने छ । यस्तै काठमाडौले जित हासिल गरेमा तेस्रो हुँदै लिग चरण टुंग्याउने छ ।

दुवै खेल बराबरीमा सकिएमा ललितपुर र झापा शीर्ष चारमा अटाउने छन् ।

एनएसएलमा लिग तालिकाको शीर्ष २ टोलीले सिधै फाइनलमा छनोट हुने क्वालिफायर खेल खेल्नेछन् । क्वालिफायरमा पराजित हुने टोलीले भने लिगको तेस्रो र चौथो स्थान प्राप्त गर्ने टोलीको विजेतासँग अर्को क्वालिफायर खेल्न पाउनेछ । पोखरा थन्डर्सले पहिलो स्थान सुरक्षित गर्दै प्लेअफमा आफ्नो स्थान बनाइसकेको छ ।

Published Date: 23 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु