सुपर लिग अन्तर्गत शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै

सुपर लिग अन्तर्गत शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै : Icon Khabar

काठमाडौं, पुस ७ । दोस्रो संस्करणको नेपाल सुपर लिग अन्तर्गत शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै छन् ।

अपरान्ह १ बजे दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा बुटवल लुम्बिनी एफसी र वीरगन्ज युनाइटेड एफसी एकअर्का सँग भिड्ने छन् । यस्तै ५ भने सुरु हुने खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एक अर्का सँगै खेल्दै लिग चरणको अन्त्य गर्नेछन् ।

आज खेल्ने चार मध्य बुटवल बाहेक तीन टोलीको प्लेअफमा आफ्नो स्थान बनाउने सम्भावना रहेको छ । विरगंजको ७ खेलमा ८ अंक रहँदा बुटवलको भने ७ खेलमा ७ अंक मात्र छ । वीरगन्जले जित हासिल गरेमा १० अंकमा रहेको झापा एफसीलाई उछिन्दै शीर्ष चारमा आफ्नो स्थान पक्का गर्ने छ ।

ललितपुर र काठमाडौं बीचको खेलको विजेताले पनि प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्ने छ । ललितपुरले जित हासिल गरेमा दोस्रो स्थानमा रहेको धनगढी भन्दा अगाडि रहँदै शीर्ष दुईमा रहँदै प्लेअफमा खेल्ने छ । यस्तै काठमाडौले जित हासिल गरेमा तेस्रो हुँदै लिग चरण टुंग्याउने छ ।

दुवै खेल बराबरीमा सकिएमा ललितपुर र झापा शीर्ष चारमा अटाउने छन् ।

एनएसएलमा लिग तालिकाको शीर्ष २ टोलीले सिधै फाइनलमा छनोट हुने क्वालिफायर खेल खेल्नेछन् । क्वालिफायरमा पराजित हुने टोलीले भने लिगको तेस्रो र चौथो स्थान प्राप्त गर्ने टोलीको विजेतासँग अर्को क्वालिफायर खेल्न पाउनेछ । पोखरा थन्डर्सले पहिलो स्थान सुरक्षित गर्दै प्लेअफमा आफ्नो स्थान बनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 December 2023
Website | + posts