पाँचौं दक्षिण एसियाली स्केटबोर्ड प्रतियोगिता बिहीबारदेखि

पाँचौं दक्षिण एसियाली स्केटबोर्ड प्रतियोगिता बिहीबारदेखि : Icon Khabar

काठमाडौं, पुस ४ । नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघ तथा स्केट एड नेपालको संयुक्त आयोजना पाँचौं दक्षिण एसियाली स्केटबोर्ड प्रतियोगिता तथा स्केट जात्रा बिहीबारदेखि बुटवलमा हुने भएको छ । प्रतियोगिताको यो दोश्रो संस्करण हो भने स्केट जात्राको पाँचौं संस्करण हो ।

प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्स तथा आमन्त्रित राष्ट्रमा म्यान्मार र थाइल्यान्ड गरी ९ राष्ट्रको सहभागिता रहने आयोजक संघका अध्यक्ष अच्युत खनालले जनाएका छन् । नेपालबाट १ सय खेलाडीको सहभागिता रहने बताइएको छ । बाँकी प्रत्येक राष्ट्रबाट ४० खेलाडीलाई आमन्त्रण गरिएको संघले जनाएको छ ।

पहिलो दिन छनोट चरणका खेलहरु हुने छन् । छनोट चरणबाट प्रत्येक राष्ट्रबाट १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्ने छन् । सेमिफाइनलबाट प्रत्येक राष्ट्रबाट ८ खेलाडी उपाधि होडमा प्रवेश गर्ने छन् ।

पुरुष÷महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुंगो लगाइने छ । पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार अमेरिकी डलर, ५ सय अमेरिकी डलर र २ सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्ने छन् । तीनदिने प्रतियोगिताका खेलहरुले बुटवलको तिलोत्तमास्थित डुंगा स्केट पार्कमा खेलाइने आयोजक संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक जाग्रित पहाडीले जनाएका छन् ।

प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने पुरुष÷महिला खेलाडीलाई जर्मनीको स्केट एड इन्टरनेसनलमा तालिमको अवसर पनि प्रदान गर्ने अध्यक्ष खनालले जनाएका छन् ।

Published Date: 20 December 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर