अभिनेत्री कंगना रनौत अब राजनीतिमा, आगामी लोकसभाको चुनाव लड्दै

अभिनेत्री कंगना रनौत अब राजनीतिमा, आगामी लोकसभाको चुनाव लड्दै : Icon Khabar

मुम्बई, पुस ४ । बलिउड अभिनेत्री कंगना रनौतले फिल्ममा आफ्नो कुशल अभिनय क्षमताले लाखौं दर्शकको मन जित्न सफल भैरहेकी छिन् ।

फिल्मबाट आफ्नो पहिचान बनाएकी कंगना अब राजनीतिको मैदानमा पनि उत्रिनका लागि तयार भएकी छिन् ।

कंगना आगामी लोकसभाको चुनाव लड्दैछिन् भन्ने कुराको चर्चा लामो समयदेखि चल्दै आएको थियो । अहिले यो चर्चालाई कंगनाका पिता अमरदीप रनौतले पुष्टि गरेका छन् । अब ग्ल्यामर वर्ल्डकी क्वीनले पोलिटिक्समा पनि आफ्नो क्षमता देखाउने भएकी छिन् ।

कंगनाले चुनाव त लड्छिन्, तर उनले भारतीय जनता पार्टी (बीजेपी) को टिकटमा मात्र चुनाव लड्ने उनका बुबाले बताएका छन् । उनले कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने कुरा पार्टीले निश्चित गर्नेछ । केहि दिन अगाडि गुजराताको द्वारकामा सञ्चार माध्यमसंग कुराकानीको क्रममा भगवानको कृपा रह्यो भने अवश्य चुनाव लड्ने छु भनेकी थिइन् ।

कंगनाको गुजरात, उत्तर प्रदेश, महाराष्ट्र, चण्डगढ अथवा हिमाञ्चल प्रदेशबाट चुनाव लड्ने सम्भावना बढी छ । यद्यपि, अहिलेसम्म केहि निश्चित भने भएको छैन ।

कंगना रनौत हिमाञ्चल प्रदेशको भांबला गाउँकी बासिन्दा हुन् र उनले मनालीमा पनि आफ्नो छुट्टै घर बनाएकी छिन् । उनको परिवार पनि उनको घर मनालीमा नै बस्छन् । कंगना र उनका परिवारका सदस्य पनि प्रारम्भदेखि नै बीजेपीको समर्थन गर्दै आएका छन् ।

केहि समय अगाडि कंगनाले कुल्लूमा भाजपाका राष्ट्रिय अध्यक्ष प्रकाश नड्डासंग पनि भेटघाट गरेकी थिइन् । यो भेटघाटले उनको चुनाव लड्ने कुराको चर्चा झन् चुलिन पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 December 2023
Website | + posts