अभिनेत्री कंगना रनौत अब राजनीतिमा, आगामी लोकसभाको चुनाव लड्दै

अभिनेत्री कंगना रनौत अब राजनीतिमा, आगामी लोकसभाको चुनाव लड्दै : Icon Khabar

मुम्बई, पुस ४ । बलिउड अभिनेत्री कंगना रनौतले फिल्ममा आफ्नो कुशल अभिनय क्षमताले लाखौं दर्शकको मन जित्न सफल भैरहेकी छिन् ।

फिल्मबाट आफ्नो पहिचान बनाएकी कंगना अब राजनीतिको मैदानमा पनि उत्रिनका लागि तयार भएकी छिन् ।

कंगना आगामी लोकसभाको चुनाव लड्दैछिन् भन्ने कुराको चर्चा लामो समयदेखि चल्दै आएको थियो । अहिले यो चर्चालाई कंगनाका पिता अमरदीप रनौतले पुष्टि गरेका छन् । अब ग्ल्यामर वर्ल्डकी क्वीनले पोलिटिक्समा पनि आफ्नो क्षमता देखाउने भएकी छिन् ।

कंगनाले चुनाव त लड्छिन्, तर उनले भारतीय जनता पार्टी (बीजेपी) को टिकटमा मात्र चुनाव लड्ने उनका बुबाले बताएका छन् । उनले कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने कुरा पार्टीले निश्चित गर्नेछ । केहि दिन अगाडि गुजराताको द्वारकामा सञ्चार माध्यमसंग कुराकानीको क्रममा भगवानको कृपा रह्यो भने अवश्य चुनाव लड्ने छु भनेकी थिइन् ।

कंगनाको गुजरात, उत्तर प्रदेश, महाराष्ट्र, चण्डगढ अथवा हिमाञ्चल प्रदेशबाट चुनाव लड्ने सम्भावना बढी छ । यद्यपि, अहिलेसम्म केहि निश्चित भने भएको छैन ।

कंगना रनौत हिमाञ्चल प्रदेशको भांबला गाउँकी बासिन्दा हुन् र उनले मनालीमा पनि आफ्नो छुट्टै घर बनाएकी छिन् । उनको परिवार पनि उनको घर मनालीमा नै बस्छन् । कंगना र उनका परिवारका सदस्य पनि प्रारम्भदेखि नै बीजेपीको समर्थन गर्दै आएका छन् ।

केहि समय अगाडि कंगनाले कुल्लूमा भाजपाका राष्ट्रिय अध्यक्ष प्रकाश नड्डासंग पनि भेटघाट गरेकी थिइन् । यो भेटघाटले उनको चुनाव लड्ने कुराको चर्चा झन् चुलिन पुग्यो ।

Published Date: 20 December 2023


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै