झापाले धनगढीलाई हरायो

झापाले धनगढीलाई हरायो : Icon Khabar

काठमाडौं, पुस ४ ।  नेपाल सुपर लिग एनएसएलमा झापा एफसीले धनगढी एफसीलाई हराएको छ ।  दशरथ रंगशालामा बुधबार भएको खेलमा झापाले धनगढीलाई २–० ले हराएको हो ।  धनगढीले सातौं खेलमा आएर झापासँग लिगको पहिलो हार ब्यहोरेको हो ।

झापाको जितमा अन्जन विष्ट र समिराज थोकरले एक एक गोल गरे ।  पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा झापाले दोस्रो हाफमा दुई गोल गरेको हो । खेलको ५२ औं मिनेटमा छिरिङ लामाको उत्कृष्ट क्रसमा अन्जनले हेडमार्फत झापालाई अघि बढाएका थिए ।

खेलको ७७ औ मिनेटमा समिराज थोकरले पोस्टको टचलाईनबाट गोल गर्न सफल रहे । कानिलासले क्रस गरेको बलले पोस्टको दिशा लिदै गर्दा थोकरले टचलाईनबाट प्रहार गरेका थिए ।  पहिलो हाफमा धनगढीले धेरै प्रयास गरेपनि दोस्रो हाफमा झापा पूर्णत हाबी बनेको थियो । खेल सकिन ११ मिनेट अघि झापाका धिरज थकाली रातो कार्ड खादै मैदान बाहिरिए ।

साइमन लिम्बुलाई खराब ट्याकल गर्ने क्रममा थकालीले सिधै रातो कार्ड खाएका थिए । धिरज दोस्रो हाफमा मात्र मैदान छिरेका थिए । जित सहित झापा ७ खेलबाट १० अंक जोड्दै लिग तालिकाको चौथों स्थानमा उक्लिएको छ । धनगढी १२ अंक सहित लिग तालिकाको दोस्रो स्थानमा यथावत छ ।

धनगढीलाई हराउँदै झापाले प्लेअफ खेल्ने सम्भावनालाई बलियो बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 December 2023
Website | + posts