नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको ५ वर्ष अवधि भएको विकास ऋणपत्र जारी गर्ने

नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको ५ वर्ष अवधि भएको विकास ऋणपत्र जारी गर्ने : Icon Khabar

काठमाडौं, पुस ४ । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको ५ वर्ष अवधि भएको विकास ऋणपत्र २०८५ ‘ट’ जारी गर्न लागेको हो । यस ऋणपत्रका लागि बिहीबार पुस ५ गते दिउँसो २ बजे बोलकबोल हुने भएको छ । यसको निष्कासन मिति भने पुस ६ गते तोकिएको छ ।

ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५ प्रतिशत र १५ प्रतिशत छुट्याइएको छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्ने सक्नेछन् ।

Published Date: 20 December 2023


ताजा
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?
आज बुधबारको राशिफल
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु