नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको ५ वर्ष अवधि भएको विकास ऋणपत्र जारी गर्ने

नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको ५ वर्ष अवधि भएको विकास ऋणपत्र जारी गर्ने : Icon Khabar

काठमाडौं, पुस ४ । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको ५ वर्ष अवधि भएको विकास ऋणपत्र २०८५ ‘ट’ जारी गर्न लागेको हो । यस ऋणपत्रका लागि बिहीबार पुस ५ गते दिउँसो २ बजे बोलकबोल हुने भएको छ । यसको निष्कासन मिति भने पुस ६ गते तोकिएको छ ।

ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५ प्रतिशत र १५ प्रतिशत छुट्याइएको छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्ने सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 December 2023
Website | + posts