काठमाडौंमा २८ दिनभित्र मेलम्चीको पानी ल्याउन द्रुत तालिका

काठमाडौंमा २८ दिनभित्र मेलम्चीको पानी ल्याउन द्रुत तालिका : Icon Khabar

काठमाडौं, पुस ४ । मेलम्ची खानेपानी विकास समितिले अबको २८ दिनभित्रमा काठमाडौंमा मेलम्चीको पानी ल्याउन द्रुत तालिका बनाएको छ ।

विकास समितिले विज्ञप्ति जारी गर्दै आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले अबको २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने बताएको हो । ‘खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा मेलम्ची खानेपानी विकास समितिको मिति मंगलबार बसेको बोर्ड बैठकबाट निर्माण व्यवसायीसँग एक समझदारीपत्रमा मंगलबारै हस्ताक्षर गरी तत्काल निर्माण व्यवसायीलाई साइटमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

बैठकले निर्माण व्यवसायी सिनोहाइड्रोमार्फत् नै तत्काल कार्य सुरू गर्ने निर्णय भएको विकास समितिले जानकारी दिएको छ । ‘सहमति अनुसार निर्माण व्यवसायी सिनोहाइड्रो तत्कालै साइटमा परिचालन हुनेछ र आकस्मिक परिस्थिति पर्न आए बाहेक बढीमा २८ दिनको द्रुत कार्यतालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्यहरू सम्पन्न गरिने छ,’ विकास समितिले भनेको छ ।

बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनालाई वर्षा यामपछि मात्र सञ्चालन गर्न सकिने अवस्था रहेको समितिले स्मरण गराएको छ । गत असार ८ गते वर्षायामको जोखिमलाई मध्येनजर गरी सुरुङमार्फत् मेलम्ची नदीको पानी सञ्चालन गर्ने कार्य बन्द गरिएकोमासाउन २८ र २९ गते मेलम्ची नदीमा ठूलो बाढी आएको कारण पुनः हेडवर्क्स पुरिएको पनि विकास समितिले बताएको छ ।

पहुँच सडक समेत क्षतिग्रस्त भएकोले तत्काल पानी पथान्तरणको काम सुरु हुन नसकेको समितिको भनाइ छ । यसबीचमा निर्माण व्यवसायीसँगको ठेक्कामा सोही कामको लागि थप भेरिएसन गर्नुपर्ने, निर्माण व्यवसायीको नगद परिचालनमा समस्या भएको, सिएमसीका स्थानीय आपूर्तिकर्ताबाट आवतजावतमा समेत अवरोध सिर्जना गरिएको लगायत विभिन्न प्राविधिक तथा करारीय समस्याहरू सिर्जना भएको पनि समितिले जनाएको छ ।
Published Date: 20 December 2023
ताजा
बुकाचो गढी : उपत्यकाको मनोरम दृश्यसँगै इतिहास र हिमाल अवलोकन गर्ने पर्यटकीय गन्तव्य (फोटो फिचर)
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक


ट्रेन्डिङ
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो