भारतमा गल्फ उपाधि जित्ने सुवास पहिलो नेपाली गल्फर

भारतमा गल्फ उपाधि जित्ने सुवास पहिलो नेपाली गल्फर : Icon Khabar

काठमाडौं, पुस १ । नेपालका शीर्ष एमेच्योर गल्फर सुभाष तामाङले भारतको प्रतिष्ठित आइजीयु एमेच्योर गल्फ च्याम्पियनसिपको १ सय २२ औं संस्करणको उपाधि जितेका छन् ।

म्याच प्ले फर्म्याटमा भएको प्रतियोगिताको फाइनलमा सुभाषले भारतका रोहितलाई पराजित गर्दै उपाधि जितेका हुन् । उनले ९ एण्ड ७ को स्कोरका साथ भारतमा उपाधि जितेका हुन् । ३६ होलमा खेलिएको फाइनल खेलको २९ औं होलमा ९ होलको अग्रता बनाएपछि सुभाषले उपाधि पक्का गरे ।

सुभाषले यसअघि शनिबार दक्षिण अफ्रीकाका एल्टिन भान डर मर्वलाई हराएका थिए । त्यसअघि सुभाषले पहिलो चरणमा भारतका कानव चौहान, प्रि क्वाटरफाइनलमा विशेष शर्मा र क्वाटरफाइनलमा ध्रुव शुरीलाई पराजित गरेका थिए ।

सुभाष अघिल्लो वर्षदेखि भारतको बेंगलोरस्थित तरुण सर्देशाई गल्फ एकेडेमीमा प्रशिक्षण गर्दै आएका छन् । नेपालका लागि एसियाली खेलकुदमा सहभागिता जनाएका उनले भारतमै खेल्न यसपटक सूर्य नेपाल गल्फ टुरको पहिलो प्रतियोगिता गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 December 2023
Website | + posts




ताजा
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने