भारतमा गल्फ उपाधि जित्ने सुवास पहिलो नेपाली गल्फर

भारतमा गल्फ उपाधि जित्ने सुवास पहिलो नेपाली गल्फर : Icon Khabar

काठमाडौं, पुस १ । नेपालका शीर्ष एमेच्योर गल्फर सुभाष तामाङले भारतको प्रतिष्ठित आइजीयु एमेच्योर गल्फ च्याम्पियनसिपको १ सय २२ औं संस्करणको उपाधि जितेका छन् ।

म्याच प्ले फर्म्याटमा भएको प्रतियोगिताको फाइनलमा सुभाषले भारतका रोहितलाई पराजित गर्दै उपाधि जितेका हुन् । उनले ९ एण्ड ७ को स्कोरका साथ भारतमा उपाधि जितेका हुन् । ३६ होलमा खेलिएको फाइनल खेलको २९ औं होलमा ९ होलको अग्रता बनाएपछि सुभाषले उपाधि पक्का गरे ।

सुभाषले यसअघि शनिबार दक्षिण अफ्रीकाका एल्टिन भान डर मर्वलाई हराएका थिए । त्यसअघि सुभाषले पहिलो चरणमा भारतका कानव चौहान, प्रि क्वाटरफाइनलमा विशेष शर्मा र क्वाटरफाइनलमा ध्रुव शुरीलाई पराजित गरेका थिए ।

सुभाष अघिल्लो वर्षदेखि भारतको बेंगलोरस्थित तरुण सर्देशाई गल्फ एकेडेमीमा प्रशिक्षण गर्दै आएका छन् । नेपालका लागि एसियाली खेलकुदमा सहभागिता जनाएका उनले भारतमै खेल्न यसपटक सूर्य नेपाल गल्फ टुरको पहिलो प्रतियोगिता गुमाएका थिए ।

Published Date: 17 December 2023


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड