आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस १ । आज २०८० पुस १ गते आइतबार, तद्अनुसार १७ डिसेम्बर २०२३ । आज विवाह पञ्चमी, षडानन्द जयन्ती, धनु संक्रान्ति, राष्ट्रिय झण्डा दिवस ।

आजको राशिफल

मेष: रचनात्मक कार्य सफल रहने छन् । यात्रा मनोरञ्जक रहने छ । प्रबुद्ध व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ ।

वृष: स्वास्थ्य कमजोर रहने छ । पारिवारिक सहयोग पाइनेछ । चोट तथा दुर्घटनाबाट हानिको सम्भावना छ ।

मिथुन: जीवनसाथीको सहयोग पाइनेछ । घर–परिवारमा प्रसन्नता रहने छ । सन्तान पक्षबाट खुशीयाली प्राप्त हुनेछ ।

कर्कट: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । पुराना साथीहरुसंग भेटघाट हुनेछ । लाभमा वृद्धि हुनेछ ।

सिंह: कुनै प्रभावशालीका व्यक्तिबाट सहयोग पाइने छ । पूजा–पाठमा मन लाग्ने छ । विवेकको प्रयोग गर्दा लाभ हुनेछ ।

कन्या: घर–परिवारसंग मनोरञ्जनका साथ समय व्यतीत हुनेछ । मान–सम्मान पाइने छ । साथीहरुको सहयोग पाइने छ ।

तुला: सामाजिक कार्यमा मन लाग्ने छ । मान–सम्मान पाइने छ । घरमा सुख–शान्ति रहने छ ।

वृश्चिक: आम्दानीमा वृद्धि हुनेछ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । ठूलो काम गर्न मन लाग्ने छ ।

धनु: यात्रा मनोरञ्जक रहने छ । उपहार प्राप्तिको सम्भावना छ । स्वास्थ्यमा ध्यान दिनु पर्नेछ ।

मकर: अनावश्यक जोखिम नलिनु होला । पुराना रोग बल्झिने छ । स्वास्थ्यलाई प्राथमिकता दिनु होला ।

कुम्भ: मेहनत बढी गर्नु पर्नेछ । नकारात्मकता बढ्ने छ । धैर्य राख्नु होला, समय सुधारिने छ ।

मीन: मनोरञ्जक यात्राको योजना बन्ने छ । आम्दानीमा वृद्धिको योग छ । भाग्यको साथ पाइने छ ।

Published Date: 17 December 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय