फोनपेको संचालक समितिको अध्यक्ष पदमा सशीन जोशी नियुक्त

फोनपेको संचालक समितिको अध्यक्ष पदमा सशीन जोशी नियुक्त : Icon Khabar

काठमाडौँ, मंसिर २८ । फोनपेले, आफ्नो संचालित समितिको अध्यक्षको रुपमा सशीन जोशीलाई नियुक्त गरेको छ । साथै, मङ्सिर २७ गतेका दिन उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्राबाट शपथ लिई पदावली गरे।

यस अघि उनी फोनपेको स्वतन्त्र संचालकको रुपमा आवद्ध थिए । सशीन जोशी, जोखिम व्यवस्थापन, रणनैतिक योजना र अन्तराष्ट्रिय व्यापारमा विशेष दखल राख्ने बैंकरको रुपमा परिचित छन्। करिव दुई दशक भन्दा बढि समय उनी नेपालको प्रमुख बैंकिङ् संस्थाहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए।

पदको ग्रहण पछि, सशीन जोशी ज्यूका अनुसार,“फोनपे जस्तो संस्थाको अध्यक्षको रुपमा काम गर्न पाउँदा आफुलाई निकै खुसी लाग्नुको साथसाथै नयाँ अनुभव समेत हुने बताए । अध्यक्षको रुपमा आफुले फोनपे संस्थालाई अझै बढि सवल, सक्षम र नेपालको डिजिटल भुक्तानी प्रणालीको एउटा जिम्मेवार संस्थाको रुपमा विकास गर्न फोनपेको व्यवस्थापनलाई मार्ग निर्देशन र सहयोग रहने विश्वास दिलाए।”

Published Date: 14 December 2023
ताजा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय