काठमाडौं, मंसिर २८ । मुक्तिनाथ कृषि कम्पनीको बिहीबार १७८ रुपैयाँमा पहिलो कारोबार भएको छ। बिहीबारदेखि नेप्सेमा कारोबार खुलेको कम्पनीको स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार १७८ रुपैयाँ ८ पैसमा भएको हो।
बुधबार कम्पनीको कम्पनीको ७० लाख कित्ता शेयर सूचीकृत भएको थियो। बिहीबारदेखि दोस्रो बजारमा कारोबार सुरु भएको हो।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ७६ रुपैयाँ ८१ पैसाँदेखि २३० रुपैयाँ ४३ पैसासम्म ओपनिङ रेन्ज तोकेको थियो।कम्पनीको शेयर कारोबारका लागि ‘एमकेसीएल’ संकेत प्राप्त गरेको छ ।
Published Date: 14 December 2023