यस्तो छ मेनुका पौडेलले प्रभासको चलचित्र ‘सलार’ का लागि गाएको गीत

यस्तो छ मेनुका पौडेलले प्रभासको चलचित्र ‘सलार’ का लागि गाएको गीत : Icon Khabar

काठमाडौं, मंसिर २८ ।  नेपाली गायिका मेनुका पौडेलले भारतीय चलचित्र ‘सलार’ का लागि गाएको ‘सूरज ही चाहो बनके’ बोलको गीत सार्वजनिक भएको छ ।

हम्बेल पिक्चर्स युट्युव च्यानलमार्फत ‘सलार’ मा समावेश ‘ सुरज ही छावं बनके’ बोलको हिन्दी गीत सार्वजनिक गरिएको हो । यो गीत गाएसँगै मेनुकाले भारतको पार्श्वगायनमा डेब्यू गरेकी छिन् । मेनुकाले केही दिनअघि इण्डियन आइडलको पछिल्लो एपिसोडमा सलारको लागि गीत गाएको जानकारी दिएको थिइन् ।

लिरिकल शैलीमा तयार पारिएको गीतको भिडियोमा प्रभाससहित पृथ्वीराज सुकुमारणलाई देखाइएको छ । गीतसँगै फिल्मको कथावाचन समेत गरिएको छ । साथीबीचको मायाप्रेममा बुनिएका गीतका शब्दहरु निकै मनछुने छन् । प्रशान्त नील निर्देशित सलारको पहिलो भाग २२ डिसेम्बरमा सार्वनजिक हुँदै छ।उक्त गीतका संगीतकार रवि बसरुर हुन् भने रिया मुखर्जीले गीत लेखेकी हुन् । प्रशान्त निलको निर्देशन रहेको चलचित्रमा प्रभासको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 December 2023
Website | + posts


ताजा
अमेरिकाको ड्रेक प्यासेजमा ७.५ म्याग्निच्युडको भूकम्प
शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो
काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो, सचेत रहन आग्रह
साइकल कनेक्ट भक्तपुर र जुजु बाइक्सबीच विशेष सहकार्य सम्झौता सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू