यस्तो छ मेनुका पौडेलले प्रभासको चलचित्र ‘सलार’ का लागि गाएको गीत

यस्तो छ मेनुका पौडेलले प्रभासको चलचित्र ‘सलार’ का लागि गाएको गीत : Icon Khabar

काठमाडौं, मंसिर २८ ।  नेपाली गायिका मेनुका पौडेलले भारतीय चलचित्र ‘सलार’ का लागि गाएको ‘सूरज ही चाहो बनके’ बोलको गीत सार्वजनिक भएको छ ।

हम्बेल पिक्चर्स युट्युव च्यानलमार्फत ‘सलार’ मा समावेश ‘ सुरज ही छावं बनके’ बोलको हिन्दी गीत सार्वजनिक गरिएको हो । यो गीत गाएसँगै मेनुकाले भारतको पार्श्वगायनमा डेब्यू गरेकी छिन् । मेनुकाले केही दिनअघि इण्डियन आइडलको पछिल्लो एपिसोडमा सलारको लागि गीत गाएको जानकारी दिएको थिइन् ।

लिरिकल शैलीमा तयार पारिएको गीतको भिडियोमा प्रभाससहित पृथ्वीराज सुकुमारणलाई देखाइएको छ । गीतसँगै फिल्मको कथावाचन समेत गरिएको छ । साथीबीचको मायाप्रेममा बुनिएका गीतका शब्दहरु निकै मनछुने छन् । प्रशान्त नील निर्देशित सलारको पहिलो भाग २२ डिसेम्बरमा सार्वनजिक हुँदै छ।उक्त गीतका संगीतकार रवि बसरुर हुन् भने रिया मुखर्जीले गीत लेखेकी हुन् । प्रशान्त निलको निर्देशन रहेको चलचित्रमा प्रभासको मुख्य भूमिका छ ।

Published Date: 14 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग