सुनचाँदीको भाउ पुनः महंगियो, एकै दिन सुन तोलामा २,८०० रुपैयाँले बढ्यो

सुनचाँदीको भाउ पुनः महंगियो, एकै दिन सुन तोलामा २,८०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, मंसिर २८ । सुनको भाउ फेरि बढेको छ । लगातार चार दिन सस्तिएको सुनको भाउ बिहीबार महंगिएको हो । मंसिर २६ गते, सुन तोलामा २ हजार ८०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार भने सुनको भाउमा गिरावट देखिएको थियो । हिजो सुन तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला एक लाख १६ हजार ६०० रुपैयाँमा झरेको थियो ।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले महंगिएर प्रतितोला एक हजार ४५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Published Date: 14 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास