सुनचाँदीको भाउ पुनः महंगियो, एकै दिन सुन तोलामा २,८०० रुपैयाँले बढ्यो

सुनचाँदीको भाउ पुनः महंगियो, एकै दिन सुन तोलामा २,८०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, मंसिर २८ । सुनको भाउ फेरि बढेको छ । लगातार चार दिन सस्तिएको सुनको भाउ बिहीबार महंगिएको हो । मंसिर २६ गते, सुन तोलामा २ हजार ८०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार भने सुनको भाउमा गिरावट देखिएको थियो । हिजो सुन तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला एक लाख १६ हजार ६०० रुपैयाँमा झरेको थियो ।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले महंगिएर प्रतितोला एक हजार ४५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 December 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने