निजी र सार्वजनिक निर्माण पूर्वाधारको मौसम सुरु भएसँगै छडको मूल्य घट्यो ,सिमेन्टको स्थिर

निजी र सार्वजनिक निर्माण पूर्वाधारको मौसम सुरु भएसँगै छडको मूल्य घट्यो ,सिमेन्टको स्थिर : Icon Khabar

काठमाडौं, मंसिर २६ । हिउँद लागेसँगै देशैभर निजी र सार्वजनिक निर्माण पूर्वाधारको मौसम सुरु भएको छ । गत शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत घर, जग्गा, आवास निर्माण लगायतमा प्रवाह हुने कर्जा नीतिमा केही सहजीकरणको नीति लिएपछि निर्माण क्षेत्रको मनोबल बढेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

अर्थतन्त्र सुधारको प्रमुख आधारको रुपमा रहेको निर्माण क्षेत्रको उकासिएको मनोबल, बजार मूल्य र उपभोक्ताको क्रयशक्तिबीच समन्वय हुनसके पछिल्लो डेढ वर्षदेखि अर्थतन्त्रले भोगेको संकुचनको अवस्थामा सुधार आउने देखिन्छ ।

निर्माण सामग्री उत्पादन गर्ने र व्यापार गर्नेहरु बजारमा यस्ता सामग्रीको माग निकै कमजोर भइरहेको बताउँछन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बजारमा नयाँ माहोल सिर्जना गरिदिएपछि उपभोक्ताहरु निर्माणको चासो बढेको भन्दै केही उत्साहित भने देखिन्छन् ।

विगत एक डेढ वर्षमा फलामे छडको मूल्य घटेको छ भने सिमेन्टको मूल्य भने स्थिर देखिन्छ । डेढ वर्षअघि अर्थात् २०७८ को अन्तिमतिर छडको मूल्य प्रतिकिलो १२४ रुपैयाँसम्म पुगेको थियो । त्यसपछि क्रमशः घटेको मूल्य अहिले ९२ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ ।

Published Date: 12 December 2023


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर