नेपाल अफगानिस्तानसँग पराजित

नेपाल अफगानिस्तानसँग पराजित : Icon Khabar

काठमाडौं, मंसिर २४ । युवा ब्याटर अर्जुन कुमालको सानदार ब्याटिङका बाबजुद नेपाल एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ । योसँगै नेपालको सेमिफाइनल खेल्ने सम्भावना अंक गणीतिय सम्भावना मात्रै बाँकी छ ।

जितको लागि २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १ सय ८८ रनमा अल आउट भयो । नेपालका अर्जुन कुमाल १ सय ८ बलमा १३ चौकासहित ९१ रनमा आउट भए । अन्तिम विकेटको रुपमा एज लागेर अर्जुन विकेटकिपर नौमान अलीबाट क्याच आउट भए ।

अर्जुन बाहेक अन्य कुनैपनि नेपाली ब्याटरले सम्झन योग्य प्रदर्शन गर्न सकेनन् । यसअघि नेपालबाट यू१९ क्रिकेटमा दीपेन्द्रसिंह ऐरीले २०१६ को यू१९ एसिया कपमा श्रीलंकाविरुद्ध ९० रन बनाएका थिए । यू१९ मा नेपाली ब्याटरले टेस्ट टोलीविरुद्ध बनाएको त्यो नै उच्च योगफल थियो । अर्जुनले दीपेन्द्रको कीर्तिमान तोडेका हुन् ।

Published Date: 10 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास