अफगानिस्तानविरुद्ध अर्जुनको अर्धशतक

अफगानिस्तानविरुद्ध अर्जुनको अर्धशतक : Icon Khabar

काठमाडौं, मंसिर २४ । नेपालका युवा ब्याटर अर्जुन कुमालले एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अर्जुन ७९ बलमा ६ चौकासहित ५५ र सुवास भण्डारी क्रिजा छन् । जितको लागि २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३१ ओभरा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको छ ।

नेपालले ओपनर विपिन रावललाई शून्यमा गुमाएको थियो । दीपक बोहरा १३ बलमा ३ चौकासहित १५ रनमा क्याच आउट भए । फरिदुन दावुदजाईको बलमा नौमान अघाबाट दीपक क्याच आउट भएका थिए । कप्तान देव खनाल ३७ बलमा २ चौकासहित २४ रनमा क्याच आउट भए । उत्तम थापामगर ४ र आकाश त्रिपाठी शून्यमा आउट भएपछि नेपाल समस्यामा परेको थियो । गुलशन झा २० बलमा २ छक्कासहित १७ रनमा क्याच आउट भए ।

त्यसअघि आइसिसी एकेडेमी ओभल–२ दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९.३ ओभरमा २ सय ६१ रनमा अल आउट भएको थियो ।

Published Date: 10 December 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ