अफगानिस्तानविरुद्ध अर्जुनको अर्धशतक

अफगानिस्तानविरुद्ध अर्जुनको अर्धशतक : Icon Khabar

काठमाडौं, मंसिर २४ । नेपालका युवा ब्याटर अर्जुन कुमालले एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अर्जुन ७९ बलमा ६ चौकासहित ५५ र सुवास भण्डारी क्रिजा छन् । जितको लागि २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३१ ओभरा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको छ ।

नेपालले ओपनर विपिन रावललाई शून्यमा गुमाएको थियो । दीपक बोहरा १३ बलमा ३ चौकासहित १५ रनमा क्याच आउट भए । फरिदुन दावुदजाईको बलमा नौमान अघाबाट दीपक क्याच आउट भएका थिए । कप्तान देव खनाल ३७ बलमा २ चौकासहित २४ रनमा क्याच आउट भए । उत्तम थापामगर ४ र आकाश त्रिपाठी शून्यमा आउट भएपछि नेपाल समस्यामा परेको थियो । गुलशन झा २० बलमा २ छक्कासहित १७ रनमा क्याच आउट भए ।

त्यसअघि आइसिसी एकेडेमी ओभल–२ दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९.३ ओभरमा २ सय ६१ रनमा अल आउट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 December 2023
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने