प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा : Icon Khabar

काठमाडौं, मंसिर २४ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा मन्त्रिपरिषद्को निर्णयबाट गत वर्ष माघ ९ गते नियुक्त भएका थिए। उनले मंसिर २० गते पदबाट राजीनामा दिएपनि स्वीकृत नभएको बालुवाटार स्रोतले जनाएको छ ।

गत निर्वाचनमा सिन्धुली २ मा माओवादी केन्द्रबाट उम्मेदवारको आकांक्षी रहेका गजुेरेलले टिकट नपाएपछि पार्टी नेतृत्वसँग रुष्ट बनेका थिए । उनको असन्तुष्टिलाई साम्य गर्न प्रधानमन्त्री रहेका अध्यक्ष दाहालले आफ्नो राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्।

उनले विविध कारणले पदबाट राजीनामा दिएको स्वीकार गरेका छन्। गजुरेलले राजीनामा दिुनुको कारणबारे नखुलाए पनि भूमिकाविहीन बनाइएपछि राजीनामा दिन बाध्य भएको बताइएको छ।

Published Date: 10 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास