सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ वकिलको अनुपस्थितिका कारण स्थगित

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ वकिलको अनुपस्थितिका कारण स्थगित : Icon Khabar

काठमाडौं, मंसिर २४ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ वकिलको अनुपस्थितिका कारण स्थगित भएको छ । चितवनमा नेपाल बार एसोसिएसनको सम्मेलनका कारण अधिवक्ता उपस्थित हुन नसकेपछि मुद्दा स्थगित भएको हो ।

आइतबार न्यायाधीश पद्मराज पाण्डेको इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो । लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले शम्भु थापा र अन्य कानुन व्यवसायीहरू अन्तिम सुनुवाइमा उपस्थित हुन नसकेकाले मुद्दा स्थगन गरिएको बताए ।

Published Date: 10 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास