ह्रदयघात भएपछि अस्पताल भर्ना भएका गृहमन्त्री श्रेष्ठ आज डिस्चार्ज

ह्रदयघात भएपछि अस्पताल भर्ना भएका गृहमन्त्री श्रेष्ठ आज डिस्चार्ज : Icon Khabar

काठमाडौँ, मंसिर २४ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज डिस्चार्ज भएका छन्। ह्रदयघात भएपछि काठमाडौंको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका गृहमन्त्री श्रेष्ठ डिस्चार्ज भएका हुन्।

गत मंसिर १९ गते अस्पताल भर्ना भएका श्रेष्ठको मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी समेत गरिएको थियो। उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि चिकित्सकको सल्लाह र सिफारिसमा डिस्चार्ज गरिएको हो।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। गृहमन्त्री श्रेष्ठको उपचारमा डा. अरुण मास्के सहितको टोली खटिएको थियो।

Published Date: 10 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास