एनसेलसँगको साँठगाँठबारे सांसद अमरेशकुमार सिंहको आरोपमा प्रधानमन्त्रीको सचिवालयद्वारा खण्डन

एनसेलसँगको साँठगाँठबारे सांसद अमरेशकुमार सिंहको आरोपमा प्रधानमन्त्रीको सचिवालयद्वारा खण्डन : Icon Khabar

काठमाडौं, मंसिर २४ । प्रधानमन्त्री र उनकी छोरी एनसेलसँग मिलेमतोमा संलग्न रहेको आरोप लगाउने स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गरेको दाबी प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ । सचिवालयले एनसेलसँग त्यस्तो कुनै साँठगाँठ नभएको स्पष्ट पारेको छ ।

केही दिनअघि सांसद अमरेशकुमार सिंहले कुनै ठोस प्रमाण पेश नगरी एनसेल प्रकरणमा प्रधानमन्त्री र उनको परिवारलाई फसाएर गम्भीर आपत्ति जनाएका थिए ।

एक कार्यक्रमका क्रममा स्वतन्त्र सांसद सिंहले दाबी गरे, “म यो घटनामा प्रधानमन्त्री र उहाँको परिवारको प्रत्यक्ष संलग्नता रहेको दाबी गर्छु। मसँग प्रमाण छ कि प्रधानमन्त्रीकी छोरी र स्वकीय सचिव गंगा दाहालले केही व्यापारीहरुबाट पैसा लिएको छ। समय आएपछि सबै प्रमाण जनता र सञ्चारमाध्यममा पेश गर्नेछु ।”

यसको जवाफमा प्रधानमन्त्री सचिवालयले एनसेल वा अन्य कुनै व्यक्तिसँग प्रधानमन्त्री वा सचिवालयबाट कुनै पनि भेटघाट वा सामान्य कुराकानीसमेत नगरेको स्पष्ट पारेको छ । सचिवालयले तथ्यगत प्रमाणविना निराधार आरोप प्रत्यारोप नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 December 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता