एनसेलसँगको साँठगाँठबारे सांसद अमरेशकुमार सिंहको आरोपमा प्रधानमन्त्रीको सचिवालयद्वारा खण्डन

एनसेलसँगको साँठगाँठबारे सांसद अमरेशकुमार सिंहको आरोपमा प्रधानमन्त्रीको सचिवालयद्वारा खण्डन : Icon Khabar

काठमाडौं, मंसिर २४ । प्रधानमन्त्री र उनकी छोरी एनसेलसँग मिलेमतोमा संलग्न रहेको आरोप लगाउने स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गरेको दाबी प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ । सचिवालयले एनसेलसँग त्यस्तो कुनै साँठगाँठ नभएको स्पष्ट पारेको छ ।

केही दिनअघि सांसद अमरेशकुमार सिंहले कुनै ठोस प्रमाण पेश नगरी एनसेल प्रकरणमा प्रधानमन्त्री र उनको परिवारलाई फसाएर गम्भीर आपत्ति जनाएका थिए ।

एक कार्यक्रमका क्रममा स्वतन्त्र सांसद सिंहले दाबी गरे, “म यो घटनामा प्रधानमन्त्री र उहाँको परिवारको प्रत्यक्ष संलग्नता रहेको दाबी गर्छु। मसँग प्रमाण छ कि प्रधानमन्त्रीकी छोरी र स्वकीय सचिव गंगा दाहालले केही व्यापारीहरुबाट पैसा लिएको छ। समय आएपछि सबै प्रमाण जनता र सञ्चारमाध्यममा पेश गर्नेछु ।”

यसको जवाफमा प्रधानमन्त्री सचिवालयले एनसेल वा अन्य कुनै व्यक्तिसँग प्रधानमन्त्री वा सचिवालयबाट कुनै पनि भेटघाट वा सामान्य कुराकानीसमेत नगरेको स्पष्ट पारेको छ । सचिवालयले तथ्यगत प्रमाणविना निराधार आरोप प्रत्यारोप नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

Published Date: 10 December 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय