कति छ आज तरकारी र फलफूलको भाउ ? (सूचीसहित)

कति छ आज तरकारी र फलफूलको भाउ ? (सूचीसहित) : Icon Khabar

काठमाडौँ, मंसिर २३ । नेपाली बजारमा आज (शनिबार) भारतीय गोलभेडाको मूल्य नेपाली गोलभेडा भन्दा ३० रूपैयाँ बढी छ ।

कालीमाटी फलफूल तथा तरकार बजार विकास समितिले शनिबार नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकिलो ६० रूपैयाँ प्रतिकिलो तोक्दा भारतीय ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकिलो ९० रूपैयाँ तोकेको छ ।

लोकल गोलभेडाको भाउ भने प्रतिकिलो १२ रूपैयाँदेखि १८ रूपैयाँ निर्धारण गरिएको छ । त्यस्तै रातो आलुको न्यूनतम मूल्य प्रतिकिलो ४५ रूपैयाँ, अधिकतम मूल्य ४८ रूपैयाँ प्रतिकिलो छ ।

त्यस्तै लोकल बन्दाको न्यूनतम मूल्य प्रतिकिलो ३० रूपैयाँ, काउलीको २० रूपैयाँ, रातो मुला २० रूपैयाँ, मटरकोसा ९० रूपैयाँ, भिण्डी ८० रूपैयाँ, पिँडालु ५० रूपैयाँ, रायोको साग २५ रूपैयाँ, हरियो प्याज ७० रूपैयाँ, डल्लो च्याउ ३०० रूपैयाँ, रातो बन्दा १५० रूपैयाँ, पुदिना २०० रूपैयाँ छ ।

आज कुन तरकारीको भाउ कति ?

 

Published Date: 09 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग