काठमाडौँमा चिसो बढ्यो, पानी पर्ने सम्भावना छैन

काठमाडौँमा चिसो बढ्यो, पानी पर्ने सम्भावना छैन : Icon Khabar

काठमाडौँ, मंसिर २१ । काठमाडौँ पश्चिमी वायु र भारतको छत्तिसगढमाथिको आकाशमा रहेको न्युनचापीय क्षेत्रको आंशिक प्रभावले काठमाडौंसहित देशका अधिकांश क्षेत्रको आकाश बादलले ढाकेको छ । बिहीबार बिहानदेखि घाम नलागेका कारण चिसो बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीका अनुसार कर्णाली र सुदूरपश्‍चिम प्रदेशबाहेकका क्षेत्रमा मौसम सफा छैन । ‘यो आंशिक बदली मात्र हो, वर्षाको भने सम्भावना छैन’, उनले भनिन् ।

बिहीबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा मौसम बदली हुने मौसमविद् नगरकोटीले बताइन् । कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ ।

बिहीबार दिउँसो काठमाडौँको वायुको तापक्रम १४ डिग्री सेन्सियस छ भने पारदर्शिता तीन हजार पाँच सय किलोमिटर रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी काठमाडौँमा बिहीबार बिहान ६ बजेको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो । अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसको बीचमा रहने मौसमविद् नगरकोटीले बताइन् ।

‘काठमाडौँमा आज मौसम धुम्म भए पनि आंशिक बदली रहने छ । वर्षाको भने सम्भावना छैन’, उनले भनिन् ।

बिहीबार राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहन्छ भने अन्य क्षेत्रमा सामान्यतया मौसम सफा रहनेछ ।

Published Date: 07 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु