एसिया कप खेल्ने क्रिकेट टिमको बिदाई

एसिया कप खेल्ने क्रिकेट टिमको बिदाई : Icon Khabar

काठमाडौँ, मंसिर १९ । यू–१९ एसिया कप क्रिकेट खेल्न जाने राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई मंगलबार बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले औपचारिक कार्यक्रमको आयोजना गरेर खेलाडीको बिदाई गरेको हो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले कप्तान देव खनाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए ।

मन्त्री लिम्बुले एसिया कपमा राम्रो प्रर्दशनका लागि खेलाडीलाई शुभकामना दिएका थिए । उनले क्रिकेटले अन्तराष्ट्रिय रुपमा राम्रो सफलता हासिल गरिरहेको उल्लेख गर्दै युवा टिमले त्यसलाई निरन्तरता दिने बताएका थिए ।

कार्यक्रममा कप्तान देव खनालले तयारी राम्रो रहेको उल्लेख गर्दै सक्दो नतिजाका लागि कोशिश गर्ने बताएका थिए ।  क्यानका सचिव पारस खड्का तथा अध्यक्ष चतुरबहादुर चन्दले राम्रो प्रर्दशनका लागि खेलाडीलाई शुभकामना दिएका थिए ।

नेपाली टिम भोलि यूएई प्रस्थान गर्नेछ ।

देव कप्तान रहेको नेपालको टिममा गुलसन सहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, हेमन्त धामी, दिपेश प्रसाद कँडेल, विशाल बिक्रम केसी, सुबास भण्डारी, दिपक बोहोरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द छन् । प्रशिक्षकमा जगत टमाटा छन् ।

आगामी शुक्रबारदेखि पुस १ गतेसम्म यूएईमा चल्ने प्रतियोगितामा नेपाल समूह एमा छ । नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन् । समूह बीमा बंगलादेश, जापान, श्रीलंका र यूएई छन् ।

नेपालले शुक्रबार पाकिस्तानसँग एसिया कपको सुरुवात गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 December 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू