एसिया कप खेल्ने क्रिकेट टिमको बिदाई

एसिया कप खेल्ने क्रिकेट टिमको बिदाई : Icon Khabar

काठमाडौँ, मंसिर १९ । यू–१९ एसिया कप क्रिकेट खेल्न जाने राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई मंगलबार बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले औपचारिक कार्यक्रमको आयोजना गरेर खेलाडीको बिदाई गरेको हो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले कप्तान देव खनाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए ।

मन्त्री लिम्बुले एसिया कपमा राम्रो प्रर्दशनका लागि खेलाडीलाई शुभकामना दिएका थिए । उनले क्रिकेटले अन्तराष्ट्रिय रुपमा राम्रो सफलता हासिल गरिरहेको उल्लेख गर्दै युवा टिमले त्यसलाई निरन्तरता दिने बताएका थिए ।

कार्यक्रममा कप्तान देव खनालले तयारी राम्रो रहेको उल्लेख गर्दै सक्दो नतिजाका लागि कोशिश गर्ने बताएका थिए ।  क्यानका सचिव पारस खड्का तथा अध्यक्ष चतुरबहादुर चन्दले राम्रो प्रर्दशनका लागि खेलाडीलाई शुभकामना दिएका थिए ।

नेपाली टिम भोलि यूएई प्रस्थान गर्नेछ ।

देव कप्तान रहेको नेपालको टिममा गुलसन सहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, हेमन्त धामी, दिपेश प्रसाद कँडेल, विशाल बिक्रम केसी, सुबास भण्डारी, दिपक बोहोरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द छन् । प्रशिक्षकमा जगत टमाटा छन् ।

आगामी शुक्रबारदेखि पुस १ गतेसम्म यूएईमा चल्ने प्रतियोगितामा नेपाल समूह एमा छ । नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन् । समूह बीमा बंगलादेश, जापान, श्रीलंका र यूएई छन् ।

नेपालले शुक्रबार पाकिस्तानसँग एसिया कपको सुरुवात गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 December 2023


ताजा
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट
काठमाडौँ रानीवारिको एक घरबाट ५६ लाख ५० हजार बराबरको सुनका गहना चोरी
पाकिस्तानले गर्यो अफगानिस्तान सँगको सीमानामा हवाई हमला
सरकारी सेवा प्रभावकारी नभएकाले नेपाली नागरिकहरू विदेश पलायन हुनुपर्यो


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी