आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौँ, मंसिर २० । आज २०८० मंसिर २० गते बुधबार, तद्अनुसार ६ डिसेम्बर २०२३ । आज मंसिर कृष्ण नवमी, प्रीति तैतल उत्तर ।

आजको राशिफल

मेष: मेहनतको फल पाइने छ । कुनै मनोरञ्जक यात्राको योजना बन्ने छ । दाजुभाइको सहयोग प्राप्त हुनेछ ।

वृष: घरमा पाहुनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । लाभ बढ्ने छ ।

मिथुन: मान–सम्मान पाइने छ । प्रभावशाली व्यक्तिसंग परिचय बढ्ने छ । यात्रा मनोरञ्जक रहने छ ।

कर्कट: बुद्धिको प्रयोगले लाभमा वृद्धि गर्नेछ । कुनै पनि महत्वपूर्ण निर्णय भावना बगेर नलिनु होला । आवश्यक सामग्र हराउन सक्छ ।

सिंह: रोकिएको पैसा पाइने योग छ । नयाँ कार्य प्रारम्भ गर्ने योजना बन्ने छ । आलस्य त्यागेर प्रयास गर्नु होला ।

कन्या: योजना फलीभूत हुनेछ । उत्साह तथा प्रसन्नता रहने छ । समय शुभ छ ।

तुला: कुनै प्रभावशाली व्यक्तिको मार्गदर्शन तथा सहायता प्राप्त हुनेछ । धन प्राप्तिमा वाधाहरु हट्ने छन् । सत्सङको लाभ मिल्ने छ ।

वृश्चिक: धन प्राप्ति सुगम हुनेछ । साथीहरुको सहयोग पाइने छ । कुनै व्यक्तिसंग व्यर्थको विवाद हुनसक्छ ।

धनु: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । व्यापार–व्यवसाय लाभदायक रहने छ । सुख–शान्ति कायम रहने छ ।

मकर: कुसंगतिबाट बच्नु होला । विवादलाई नबढाउनु उचित हुनेछ । भाग्योन्नतिको प्रयास सफल रहने छ ।

कुम्भ: पार्टी अथवा पिकनिकको कार्यक्रम बन्न सक्छ । परिवारमा प्रसन्नता रहने छ । साथीहरुसंग राम्रो समय बित्ने छ ।

मीन: कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जनको आनन्द प्रात हुनेछ । व्यस्तता बढ्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 December 2023
Website | + posts






ताजा
बलिउड अभिनेता वरुण धवन घाइते
भारतमा भएको एक कार्यक्रममा एक जना फोटोग्राफरले उदित नारायणलाई चुम्बन गरेपछि
आजदेखि च्याम्पियन्स ट्रफी सुरु हुँदै, पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
चीनमा तीन वर्षमा स्थापना भए १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू


ट्रेन्डिङ
२०५८ सालदेखि मौका परीक्षा दिन नपाएका विद्यार्थीलाई मौका परीक्षाको आवेदन खुला
विद्युत प्राधिकरणको लापरबाहीले गर्दा बबरमहलमा मेलम्चीको पाइप फुट्यो: केयुकेएल
ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको भक्तपुर शाखा सूर्यविनायकमा सुरू
शुक्रबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढ्यो