मेलम्ची खानेपानी आयोजनामा ठेकेदारको लापरबाहीको कारण सरकारले चिनियाँ कम्पनीसँगको ठेक्का रद्द गर्ने

मेलम्ची खानेपानी आयोजनामा ठेकेदारको लापरबाहीको कारण सरकारले चिनियाँ कम्पनीसँगको ठेक्का रद्द गर्ने : Icon Khabar

काठमाडौँ, मंसिर १६ । सरकारले मेलम्ची खानेपानी आयोजनाको काम गर्ने ठेकेदार चिनियाँ कम्पनीसँग ठेक्का रद्द गर्ने भएको छ । खानेपानी मन्त्रालयअन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग ठेक्का रद्द गर्ने भएको हो ।

काठमाडौँ उपत्यकावासीलाई खानेपानी नआइरहेको बेला खानेपानी मन्त्री महेन्द्रराय यादव त्यसको अनुगमनमा मेलम्ची पुगेका छन् । मन्त्री यादव दुई दिनदेखि त्यही मेलम्चीमा रहेका छन् ।

काठमाडौँ उपत्यकालाई पानी पठाउन सिनो हाइड्रोको लापरबाही देखिएको कारण ठेक्का तोड्न लागिएको बताइएको छ । खानेपानी मन्त्रालयका सचिव रामआधार साहले ठेकेदार कम्पनीले विभिन्न बहाना गरेर मर्मतको काम नसकाएको कारण पानी पठाउन नसकिएको बताए ।

‘बाढीका कारण बिग्रिएको मेलम्ची खानेपानी आयोजनालाई मर्मत गर्न सिनो हाइड्रो कम्पनी लापरबाही गरिरहेको छ । कहिले के, कहिले के भन्दै काम गर्नबाट पन्छिरहेको छ,’ उनले भने ।

आयोजनाको काम गर्न राखेको धरौटी कम्पनीले माग गरिरहेको तर कामै नगरेपछि धरौटी रकम फिर्ता गर्न नमिल्ने बताए । धरौटी रकम फिर्ता नदिएको भन्दै सिनो हाइड्रोले अदालतमा मुद्दा दायर गरेको छ । ‘मुद्दा दायर गरिसकेपछि धरौटी फिर्ता दिने कुरा हुँदैन,’ उनले भने, ‘काममा आलटाल गरिरहेको कारण कम्पनीको ठेक्का नै रद्द गर्ने तयारी भइरहेको छ । ’

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जाकिर अहमद अन्सारीले पनि ठेक्का रद्द गर्ने विषयमा छलफल चलिरहेको बताए । उनले भने, ‘अहिले हामी छलफलमै छौँ, केही दिनमा यसको टुङ्गो लाग्छ ।’

सिनो हाइड्रो कम्पनीले मेचम्चीमा इन्टेक र सुरुङको गरी दुइटा ठेक्का पाएको छ । उसको दुवै गरी १० करोड धरौटी रहेको छ । त्यही धरौटी फिर्ता लिनका लागि कम्पनीले सरकारलाई दबाब दिइरहेको छ । तर आयोजना निर्माण गरेको कम्पनीले नै मर्मत सम्भार गर्नुपर्ने सम्झौतामा उल्लेख छ तर सिनो कम्पनीले मर्मत सम्भार गर्न नचाहेको दाबी गरिएको छ ।

सो आयोजना निर्माण गर्न लाग्दा कम्पनीले ६ करोडको बीमा गराएको छ । बाढीको कारण अहिले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ । त्यसबाट कम्पनीले बीमाबाट रकम पनि प्राप्त गर्न सक्ने भए पनि अवलोकन तथा सर्भे नगरेसम्म बीमाको रकम निकासा हुन नसक्ने सरकारी अधिकारीको भनाई छ । कम्पनी भने त्यहाँ काम गर्न नै गएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 02 December 2023
Website | + posts


ताजा
शुक्रबार सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढ्यो
दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने
मनासलु हिमालमा आरोहण सुरु, बिहीबार थप १० जना आरोही चुचुरोमा पुगे
आजको मौसम पूर्वानुमान: कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
भक्तपुरको एक डेरी पसलमा आगलागी, ३ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति