अहिले गणतन्त्रको विरोधमा भइरहेको गतिविधि व्यवस्थामाथिको चुनौती होइन: उपप्रधानमन्त्री श्रेठ

अहिले गणतन्त्रको विरोधमा भइरहेको गतिविधि व्यवस्थामाथिको चुनौती होइन: उपप्रधानमन्त्री श्रेठ : Icon Khabar

चितवन, मंसिर ६ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिकटकबाहेकका अरु सामाजिक सञ्जाल बन्द नगर्ने बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले अरु सामाजिक सञ्जाल नियमन गर्ने बताएका हुन् ।

‘सामाजिक सञ्जाललाई बन्द गर्ने कुरा हामीले गरेका छैनौँ । एउटा टिकटकमाथि यस प्रकारको निर्णय गरिएको हो’, अन्य सामाजिक सञ्जाल बन्द गर्न लागेको हो भन्ने प्रश्नमा उनले भने, ‘अरू सामाजिक सञ्जालका बारेमा चर्चा परिचर्चा भइरहेको छ । त्यो कुरा सत्य होइन । हामी नियमन गर्छौं ।’

सामाजिक सञ्जालले लोकतन्त्र, सामाजिक एकता, व्यक्तिको एउटा स्वतन्त्र बाँच्न पाउने अधिकार, सभ्यता, संस्कृतिलाई रक्षा गर्न योगदान पुर्‍याउनुपर्ने श्रेष्ठले बताए । ‘हामी स्वतन्त्रतालाई कुण्ठित गर्दैनौँ । हामी यसलाई नियमन गर्ने दिशातर्फ मात्रै गइरहेका छौँ’, उनले भने ।

सरकारले संविधानको रक्षा र लोकतन्त्रले दिएको अधिकारको अभ्यासलाई सुनिश्चित गर्न उदारतापूर्वक सोचिरहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।

उनले भने, ‘त्यसलाई कसैले पनि कमजोरी ठानेर सामाजिक सद्भाव खल्बलाउने, जाति, धार्मिक एकता र सद्भाव सहिष्णुतालाई खल्बलाउने र राष्ट्रिय एकतामा असर पार्न काम र समाजमा अशान्ति, अस्थिरता र अराजकता उत्पन्न गर्ने र कानुन हातमा लिने काम कसैले गर्छ भने हामी छुट दिने पक्षमा छैनौं ।’

अहिले गणतन्त्रको विरोधमा भइरहेको गतिविधिलाई व्यवस्थामाथिकै चुनौतीको रुपमा नलिएको पनि उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

Published Date: 02 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास