गायक रोशन धौभडेलको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

गायक रोशन धौभडेलको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक : Icon Khabar
तस्बिर: प्रेम खर्बुजा

काठमाडौँ, मंसिर १६ । गायक रोशन धौभडेलको आवाजमा सजिएको “सररर हावा चल्यो” बोलको गीतको म्युजिक भिडियो शनिबार रिलिज भएको छ।
भक्तपुरमा आज आयोजित एक कार्यक्रमकाबीच गायक धौभडेलले गाएको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

सुशील चालिसेद्वारा रचित सो गीतमा आवाज र संगीत गायक धौभडेलको नै रहेको छ। नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपति निशा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिकीकरण कार्यक्रममा वरिष्ठ रचनाकार सुवास चन्द्र ढुंगेल, वरिष्ठ साहित्यकार धुर्व मधिकर्मीको उपस्थिति रहेको थियो।

कार्यक्रममा शिव मुनंकर्मी, बाबुराजा जोशी, सत्यनारायण मानन्धर, प्रेम खर्बुजा, इन्दिरा लाछिमस्यु, अल्बर्ट बज्राचार्य, लक्षमण पलिखेल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

“सररर हावा चल्यो” बोलको गीतको म्युजिक भिडियो सुशील चालिसेको आफ्नै युट्युब च्यानलमा रिलिज भएको छ। उक्त म्युजिक भिडियोमा अनु शाह र रमेश विश्वकर्माको अभिनय, प्रमोद परियारको एरेन्जमेन्ट, गोबिन्द सोनीको मिक्सिङ्ग मास्टरिङ्ग रहेको छ। गीतको रेकर्डिङ्ग हिमाल श्रेष्ठले गरेका हुन्।

कार्यक्रमको सभापतित्व सो म्युजिक भिडियोका निर्देशक माइकल चन्दले गरेका थिए। साथै कार्यक्रम संचालन प्रविण शाहीले गरेका थिए।

Published Date: 02 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास