अन्तिम मिनेटमा झापाको बराबरी

अन्तिम मिनेटमा झापाको बराबरी : Icon Khabar

काठमाडौँ, मंसिर १६ । नेपाल सुपर लिग एनएसएलमा झापा एफसी र पोखरा थन्सर्डले बराबरी खेलेका छन् ।  अन्तिम मिनेटमा गोल गर्दै झापाले पोखरालाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।

बराबरीको नतिजासँगै झापाले प्रतियोगितामा एक अंक जोडेको छ भने पोखरा शीर्ष स्थानमा उक्लिनबाट रोकिएको छ ।

झापाका लागि खेलको अन्तिम मिनेटमा समन्दर ओचिलोवले बराबरी गोल गरे । पोखराका गोलकिपर प्रिसोबाट फर्किएर आएको बललाई समन्दरले पोस्टको दिशा दिएका थिए । खेलको अन्तिम मिनेटमा पोखरामाथि दबाब बनाएको झापाले बराबरी गोलनै गर्न सफल रह्यो ।

खेलमा अग्रता पोखराले १९ औं मिनेटमा मोसिस टवामको गोलमा लिएको थियो । पोखराले ३ खलबाट ५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तालिकाको पुछारदेखि तेस्रोमा रहेको झापाले २ खेलबाट १ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 December 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने