अन्तिम मिनेटमा झापाको बराबरी

अन्तिम मिनेटमा झापाको बराबरी : Icon Khabar

काठमाडौँ, मंसिर १६ । नेपाल सुपर लिग एनएसएलमा झापा एफसी र पोखरा थन्सर्डले बराबरी खेलेका छन् ।  अन्तिम मिनेटमा गोल गर्दै झापाले पोखरालाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।

बराबरीको नतिजासँगै झापाले प्रतियोगितामा एक अंक जोडेको छ भने पोखरा शीर्ष स्थानमा उक्लिनबाट रोकिएको छ ।

झापाका लागि खेलको अन्तिम मिनेटमा समन्दर ओचिलोवले बराबरी गोल गरे । पोखराका गोलकिपर प्रिसोबाट फर्किएर आएको बललाई समन्दरले पोस्टको दिशा दिएका थिए । खेलको अन्तिम मिनेटमा पोखरामाथि दबाब बनाएको झापाले बराबरी गोलनै गर्न सफल रह्यो ।

खेलमा अग्रता पोखराले १९ औं मिनेटमा मोसिस टवामको गोलमा लिएको थियो । पोखराले ३ खलबाट ५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तालिकाको पुछारदेखि तेस्रोमा रहेको झापाले २ खेलबाट १ अंक जोडेको छ ।

Published Date: 02 December 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास