डा. सन्दुक रुइतलाई बहराइनले १३ करोड राशिको इशा अवार्डले सम्मान गर्ने

डा. सन्दुक रुइतलाई बहराइनले १३ करोड राशिको इशा अवार्डले सम्मान गर्ने : Icon Khabar

काठमाडौैं, माघ ४। बहराइनले नेपालका वरिष्ठ आँखा विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई चर्चित इशा अवार्डले सम्मान गर्ने घोषणा गरेको छ। १० लाख अमेरिकी डलर (करिव १३ करोड रुपैयाँ) राशिको सो पुरस्कार पाउने डा. रुइत पहिलो नेपाली हुन्।

बहराइनका राजाका विशेष प्रतिनिधि शेख मोहम्मद बिन मुबारक अल खालिफाले अवार्डको घोषणा गरेका हुन्। अवार्डको लागि सुरुमा विश्वभरबाट १३९जनाको नाम छनौट गरिएको थियो।

बहराइन राज्यले हरेक दुई वर्षमा प्रदान गर्ने प्रतिष्ठित पुरस्कार स्वर्ण पदक र १० लाख डलर रहेको छ । यो पुरस्कार विपत् रोकथाम र राहत, शिक्षा र मानव सहिष्णुतालगायत ११ वटा विधामध्येबाट प्रदान गरिन्छ । मोतीबिन्दुको शल्यक्रिया गरी एसिया र विश्वका अन्य भागमा एक लाख ८० हजारभन्दा बढी मानिसलाई दृष्टि दिन मद्दत गरेका आधारमा डा. रुइतलाई पुरस्कार प्रदान गरिएको गल्फ न्युजले जनाएको छ ।

Published Date: 18 January 2023
ताजा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय