डा. सन्दुक रुइतलाई बहराइनले १३ करोड राशिको इशा अवार्डले सम्मान गर्ने

डा. सन्दुक रुइतलाई बहराइनले १३ करोड राशिको इशा अवार्डले सम्मान गर्ने : Icon Khabar

काठमाडौैं, माघ ४। बहराइनले नेपालका वरिष्ठ आँखा विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई चर्चित इशा अवार्डले सम्मान गर्ने घोषणा गरेको छ। १० लाख अमेरिकी डलर (करिव १३ करोड रुपैयाँ) राशिको सो पुरस्कार पाउने डा. रुइत पहिलो नेपाली हुन्।

बहराइनका राजाका विशेष प्रतिनिधि शेख मोहम्मद बिन मुबारक अल खालिफाले अवार्डको घोषणा गरेका हुन्। अवार्डको लागि सुरुमा विश्वभरबाट १३९जनाको नाम छनौट गरिएको थियो।

बहराइन राज्यले हरेक दुई वर्षमा प्रदान गर्ने प्रतिष्ठित पुरस्कार स्वर्ण पदक र १० लाख डलर रहेको छ । यो पुरस्कार विपत् रोकथाम र राहत, शिक्षा र मानव सहिष्णुतालगायत ११ वटा विधामध्येबाट प्रदान गरिन्छ । मोतीबिन्दुको शल्यक्रिया गरी एसिया र विश्वका अन्य भागमा एक लाख ८० हजारभन्दा बढी मानिसलाई दृष्टि दिन मद्दत गरेका आधारमा डा. रुइतलाई पुरस्कार प्रदान गरिएको गल्फ न्युजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 18 January 2023
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने