पल शाहलाई तनहुँ जिल्ला अदालतको सफाइ

पल शाहलाई तनहुँ जिल्ला अदालतको सफाइ : Icon Khabar

तनहुँ, माघ ४ । तनहुँ जिल्ला अदालतले पल शाह विरुद्धको बलत्कारको मुद्दामा सफाइ दिएको छ । पेशी तोकेर स्थगन हुँदै आएको मुद्धामा मंगलबार सुनुवाईका क्रममा शाहले सफाइ पाएका हुन्।

बलत्कार गरेको मुद्दामा दाबी नपुगेकोले निर्दाेष रहेको ठहर गर्दै अदालतको ३ नम्बर इजलासका न्यायाधीश कमलप्रसाद आचार्यको इजालसले शाहलाई सफाइ दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए।

तनहुँ जिल्ला अदालतबाट सफाइ पाएपनि नवलपुरको मुद्दा भने बाकी नै रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 January 2023
Website | + posts