शाहरुख खानको फिल्म ‘पठान’ अग्रिम बुकिङ्ग उत्साहजनक

शाहरुख खानको फिल्म ‘पठान’ अग्रिम बुकिङ्ग उत्साहजनक : Icon Khabar

काठमाडौँ, माघ ४। बलिउडका अभिनेता शाहरुख खानको आगामी फिल्म ‘पठान’ यही माघ ११ मा हलमा रिलिज हुँदैछ, जसलाई लिएर बलिउडका ‘बादशाह’ निकै उत्साहित छन् । फिल्मको भर्खरै रिलिज भएको ट्रेलरले पनि राम्रो प्रतिक्रिया पाइरहेको देखिन्छ, जसले गर्दा निर्माताहरु निकै खुसी छन् ।

यसै क्रममा यो फिल्मको बारेमा अर्को खुसीको खबर आएको छ । भारतीय सञ्चार माध्यमका अनुसार अमेरिकामा ‘पठान’को अग्रिम बुकिङ सुरु भएको भईरहेको छ । सो फिल्मले पहिलो दिन अग्रिम बुकिङ गरी २ करोड ४० लाखको टिकट बिक्री गरेको छ । लेट्स सिनेमाले ट्वीट मार्फत यो जानकारी दिएको छ । यस फिल्मले रिलिज हुनु अघि पहिलो दिन अमेरिकाबाट मात्रै यति ठूलो कमाई गरेको हो ।

अग्रिम बुकिङ्गान देखिएको उत्न्साहले पनि विश्वभर रिलिज हुनुअघि नै कति कमाउन सक्छ भन्ने अनुमान गर्न सकिन्छ । फिल्म ‘पठान’ मार्फत दर्शकले फेरि एक पटक शाहरुख र दीपिका पादुकोणको जोडीलाई पर्दामा देख्ने पाउने भएका छन् । फिल्ममा जोन अब्राहम पनि महत्वपूर्ण भूमिकामा छन् । यस फिल्ममार्फत शाहरुख ४ वर्षपछि ठूलो पर्दामा फर्कन लागेका हुन् । यसअघि उनी अन्तिम पटक उनको फिल्म ‘जिरो’मा देखिएका थिए, जुन बक्स अफिसमा नराम्रोसँग फ्लप भएको थियो ।

यस फिल्ममा उनीसँगै बलिउड अभिनेत्री अनुष्का शर्मा देखिएकी थिइन् । त्यसैगरी, ‘जिरो’ फ्लप भएपछि शाहरुखले ४ वर्षसम्म कुनै पनि फिल्ममा काम गरेनन्, किनभने यस अवधिमा उनले आफ्नो सबै समय ‘पठान’ लाई दिएका थिए । फिल्मको ट्रेलर सार्वजनिक भएपछि शाहरुखको कडा काम यसमा देखियो । त्यसैले शाहरुख खानलाई आफ्नो फिल्मबाट धेरै आशा छ ।

यद्यपि शाहरुखका लागि यो सजिलो हुनेछैन, किनकि जसरी साउथका फिल्म बक्स अफिसमा हावी भइरहेका छन्, त्यो उनका लागि ठूलो चुनौती हो । भारतीय सञ्चार माध्यमका अनुसार कोभिड महामारीपछि सिनेमाघरमा फिल्म रिलिज हुन थालेदेखि केही बलिउड फिल्म बाहेक बाँकीको अवस्था निकै खराब छ । जबकि भारतीय बक्स अफिसमा साउथका फिल्महरु लगातार राम्रो गरेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 January 2023
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित