सरकारद्वारा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवको राजीनामा स्वीकृत

सरकारद्वारा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवको राजीनामा स्वीकृत : Icon Khabar

काठमाडौं, मंसिर ७ । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सचिव घिमिरेको राजीनामा स्वीकृत गरेको हो । सचिव घिमिरेले व्यक्तिगत कारण देखाउँदै कार्यकाल सकिन एक महिनाअघि नै पदबाट राजीनामा दिएका थिए ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई ई–गभर्नेन्स आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले प्राविधिक शिक्षा क्षेत्रका लागि स्विट्जरल्यान्डले दिने ४ अर्ब ४६ करोड ५० लाख (करिब रु ६५ करोड) अनुदान सहयोग स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए । प्रवक्ता।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले आयोगको मागबमोजिम सुन तस्करी नियन्त्रणसम्बन्धी अनुसन्धान आयोगलाई प्राविधिकसहित चार जनशक्ति तोक्ने निर्णय गरेको छ ।

Published Date: 23 November 2023
ताजा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय