सरकारद्वारा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवको राजीनामा स्वीकृत

सरकारद्वारा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवको राजीनामा स्वीकृत : Icon Khabar

काठमाडौं, मंसिर ७ । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सचिव घिमिरेको राजीनामा स्वीकृत गरेको हो । सचिव घिमिरेले व्यक्तिगत कारण देखाउँदै कार्यकाल सकिन एक महिनाअघि नै पदबाट राजीनामा दिएका थिए ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई ई–गभर्नेन्स आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले प्राविधिक शिक्षा क्षेत्रका लागि स्विट्जरल्यान्डले दिने ४ अर्ब ४६ करोड ५० लाख (करिब रु ६५ करोड) अनुदान सहयोग स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए । प्रवक्ता।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले आयोगको मागबमोजिम सुन तस्करी नियन्त्रणसम्बन्धी अनुसन्धान आयोगलाई प्राविधिकसहित चार जनशक्ति तोक्ने निर्णय गरेको छ ।

Published Date: 23 November 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक