दुर्गा प्रसाईं समूहले बल्खुमा बाल्यो टायर, भोलिदेखि तीनकुनेमा प्रदर्शन

दुर्गा प्रसाईं समूहले बल्खुमा बाल्यो टायर, भोलिदेखि तीनकुनेमा प्रदर्शन : Icon Khabar

काठमाडौं, मंसिर ७ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ ले भोलिबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने भएको छ । पहिलो दिन बल्खुमा प्रदर्शन गरेको प्रसाईं समूहले भोलि तीनकुनेमा गर्ने भएको हो ।

आज भने तीनकुनेमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले प्रदर्शन गरेको थियो । पहिलो दिन उपत्यकाका विभिन्न ८ ठाउँबाट प्रसाईं नेतृत्वको अभियानले र्‍याली निकालेको थियो । उक्त र्‍याली बल्खुमा पुगेर कोणसभामा परिणत भयो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै प्रसाई समूहले प्रदर्शन गरेको हो ।

बल्खु चोकमा बालियो टायर
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको ‘राष्ट्र बचाउ महाअभियान’ का समर्थकले काठमाडौँको बल्खुमा टायर बालेका छन् । आज (बिहीबार) का लागि निर्धारित कार्यक्रम बिथोलिएको आक्रोशमा उनीहरूले बल्खु चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

प्रशासनले प्रदर्शनका लागि तोकिदिएको बल्खु क्षेत्रमा लगातार दुई पटकसम्म झडप भएपछि पूर्व निर्धारित तालिका बिथोलिएको हो । आज (बिहीबार) उपत्यकाका विभिन्न आठ ठाउँबाट आएको र्‍याली बल्खुमा कोणसभामा परिणत हुने र त्यहाँ प्रसाईंलगायतले सम्बोधन गर्ने कार्यतालिका थियो । पूर्व निर्धारित उक्त कार्यमक्रम बिथोलिएपछि प्रसाईं समर्थकले टायर बालेर विरोध गरेका हुन् । उनीहरूले नाराबाजीसहित बालेको टायर प्रहरीले फालेको छ ।

 

Published Date: 23 November 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास