तपाई ग्रिन टी कसरि पिउनुहुन्छ ? सहि तरिका अपनाउनुस

तपाई ग्रिन टी कसरि पिउनुहुन्छ ? सहि तरिका अपनाउनुस : Icon Khabar

काठमाडौँ, कार्तिक २३ । असन्तुलित खानपान र खराब जीवनशैलीका कारण आजको समयमा मोटोपनाको समस्या तीव्र गतिमा बढिरहेको छ। मानिसहरू मोटोपनाबाट छुटकारा पाउन सबै प्रकारका उपाय अपनाउने गर्छन्।

आजको समयमा बजारमा यस्ता धेरै उत्पादनहरू पनि भेटिन्छन् जुन मोटोपना घटाउन निकै फाइदाजनक मानिन्छ। तर यी उत्पादनको साइड इफेक्ट पनि यत्तिकै हुन्छन्। मोटोपनाबाट छुटकारा पाउन वा तौल घटाउन ग्रिन टीको सेवन निकै फाइदाजनक हुन्छ।

ग्रिन टीमा पाइने पोषक तत्त्व र गुणले तौल घटाउन र शरीरको मेटाबोलिज्मलाई राम्रो बनाउन निकै सहयोगी भूमिका निर्वाह गर्छ। तर यसलाई सही तरिकाले खाइरहनुभएको छैन भने यसले तपाईँलाई हानी समेत गरिरहेको हुन्छ।

तौल घटाउन ग्रिन टी पिउने सही तरिका के हो त ?

ग्रिन टीमा पाइने गुण र पोषक तत्त्व तौल घटाउनको लागि मात्र नभई शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि निकै उपयोगी मानिन्छ। ग्रिन टीमा क्याटेचिन नामक एक प्रकारको फ्लेभोनोइड पाइन्छ, जुन शरीरमा रहेको अतिरिक्त बोसो घटाउन र तौल घटाउन निकै उपयोगी हुन्छ। यसको सेवनले शरीरको मेटाबोलिजम बढाउन पनि मद्दत गर्छ।

– सुरुमा तपाईँले १ कप पानी राम्ररी उमाल्नुहोस्।

– यो पानीमा लगभग २ चम्चा ग्रिन टिको पात हाल्नुहोस्।

– यी पातहरूलाई ५ मिनेटसम्म पानीमा राख्न दिनुहोस्।

– ५ मिनेटपछि यसलाई राम्ररी छान्नुहोस् ।

– यदि तपाईँ टी ब्यागको प्रयोग गरिरहनुभएको छ भने त्यसलाई पाँच मिनेट पछि राम्रोसँग निचोरेर बाहिर निकाल्नुहोस्।

– त्यसपछि यो ग्रिन टीमा कागतीको रस वा मह मिसाउनुहोस्।

– राम्रोसँग चलाएपछि यो खान सक्नुहुन्छ।

– ग्रिन टी बनाउन चिनीको प्रयोग गर्दै नगर्नुहोस्।

तौल घटाउनको लागि ग्रिन टी कहिले पिउने ?

यद्यपि तपाईले जुनसुकै समयमा ग्रिन टी पिउन सक्नुहुन्छ तर यदि तपाईले यसलाई बिहान सेवन गर्नुभयो भने तपाईँलाई बढी फाइदा हुन्छ। यसबाहेक खाना खानुभन्दा ४५ मिनेट अघि र पछि मात्रै ग्रिन टी पिउनुपर्छ। बिहान खाली पेटमा ग्रिन टिको सेवन नगर्नुहोस् । यसो गर्दा तपाईँको स्वास्थ्यमा नकारात्मक असरसमेत पर्न सक्छ।

ग्रिन टी दिनमा २ देखि ३ पटक मात्र पिउनुपर्छ।

Published Date: 09 November 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता