उठेको पर्यटन शुल्कले नगरको शिक्षा, स्वास्थ्य, पुनःनिर्माण, सरसफाइमा खर्च गर्दै आएका छौं: प्रमुख प्रजापति

उठेको पर्यटन शुल्कले नगरको शिक्षा, स्वास्थ्य, पुनःनिर्माण, सरसफाइमा खर्च गर्दै आएका छौं: प्रमुख प्रजापति : Icon Khabar

भक्तपुर, कार्तिक २३ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पर्यटन शुल्कबाट उठेको रकमबाट पर्यटन विकासका साथै नगरको शिक्षा, स्वास्थ्य, पुनःनिर्माण, सरसफाइ आदिमा खर्च गर्दै आएको बताएका छन्।

आज भक्तपुरको कमलविनायकमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले भक्तपुरमा संसारका धेरै देशबाट सम्पदा अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु भक्तपुर आउने क्रम तीव्र रुपमा बढिरहेको बताए।

उनले नेपालमा विदेशी सांस्कृतिक अतिक्रमण बढ्दै गएकोतर्फ नयाँ पुस्ता सजग हुनुपर्ने बताउँदै देशलाई जोगाउन यहाँका मौलिक सम्पदा जोगाउनु आवश्यक भएको बताए । सक्रिय व्यक्तिको आयु लामो हुने बताउँदै उनले नगरबासीहरुलाई सक्रिय बनाइराख्न भक्तपुर नपाले विविध गतिविधि सञ्चालनमा जोड दिँदै आएको सोही अवसरमा प्रष्ट पारे।

Published Date: 09 November 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक