उठेको पर्यटन शुल्कले नगरको शिक्षा, स्वास्थ्य, पुनःनिर्माण, सरसफाइमा खर्च गर्दै आएका छौं: प्रमुख प्रजापति

उठेको पर्यटन शुल्कले नगरको शिक्षा, स्वास्थ्य, पुनःनिर्माण, सरसफाइमा खर्च गर्दै आएका छौं: प्रमुख प्रजापति : Icon Khabar

भक्तपुर, कार्तिक २३ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पर्यटन शुल्कबाट उठेको रकमबाट पर्यटन विकासका साथै नगरको शिक्षा, स्वास्थ्य, पुनःनिर्माण, सरसफाइ आदिमा खर्च गर्दै आएको बताएका छन्।

आज भक्तपुरको कमलविनायकमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले भक्तपुरमा संसारका धेरै देशबाट सम्पदा अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु भक्तपुर आउने क्रम तीव्र रुपमा बढिरहेको बताए।

उनले नेपालमा विदेशी सांस्कृतिक अतिक्रमण बढ्दै गएकोतर्फ नयाँ पुस्ता सजग हुनुपर्ने बताउँदै देशलाई जोगाउन यहाँका मौलिक सम्पदा जोगाउनु आवश्यक भएको बताए । सक्रिय व्यक्तिको आयु लामो हुने बताउँदै उनले नगरबासीहरुलाई सक्रिय बनाइराख्न भक्तपुर नपाले विविध गतिविधि सञ्चालनमा जोड दिँदै आएको सोही अवसरमा प्रष्ट पारे।

Published Date: 09 November 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय