एसियन बैंकर्स एसोसिएसनको सम्मेलन राजधानीमा सुरु

एसियन बैंकर्स एसोसिएसनको सम्मेलन राजधानीमा सुरु : Icon Khabar

काठमाडौ, कार्तिक २३ । एसियन बैंकर्स एसोसिएसनको सम्मेलन राजधानीमा सुरु भएको छ । नेपाल बैंकर्स एसोसिएसन र एसियाली बैंकर्स एसोसिएसनको संयुक्त आयोजनामा ​​भएको दुई दिने सम्मेलनमा सदस्य राष्ट्रका बैंकरहरुको सहभागिता रहेको छ ।

सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले अन्तर्राष्ट्रिय बैंकरहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे । विश्व बैंक र एसियाली विकास बैंकले नेपालमा लगानी गरेको बताउँदै उनले नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको र जलविद्युत क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए ।

उनले कोभिड–१९ पछिको मुलुकको अर्थतन्त्रको पुनरुत्थान र दिगो विकासका लागि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई डिजिटलाइजेसनमा जोड दिँदै छोटो अवधिमा देशका बैंकहरुले प्रगति गरेको बताए । उनले बैंकमा लगानी बढाउन पनि आग्रह गरे ।

सम्मेलनको नारा ‘एशियन बैंकिङः रोडम्याप फर रिकभरी एण्ड सस्टेन्ड ग्रोथ’ रहेको छ ।

Published Date: 09 November 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक