एसियन बैंकर्स एसोसिएसनको सम्मेलन राजधानीमा सुरु

एसियन बैंकर्स एसोसिएसनको सम्मेलन राजधानीमा सुरु : Icon Khabar

काठमाडौ, कार्तिक २३ । एसियन बैंकर्स एसोसिएसनको सम्मेलन राजधानीमा सुरु भएको छ । नेपाल बैंकर्स एसोसिएसन र एसियाली बैंकर्स एसोसिएसनको संयुक्त आयोजनामा ​​भएको दुई दिने सम्मेलनमा सदस्य राष्ट्रका बैंकरहरुको सहभागिता रहेको छ ।

सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले अन्तर्राष्ट्रिय बैंकरहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे । विश्व बैंक र एसियाली विकास बैंकले नेपालमा लगानी गरेको बताउँदै उनले नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको र जलविद्युत क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए ।

उनले कोभिड–१९ पछिको मुलुकको अर्थतन्त्रको पुनरुत्थान र दिगो विकासका लागि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई डिजिटलाइजेसनमा जोड दिँदै छोटो अवधिमा देशका बैंकहरुले प्रगति गरेको बताए । उनले बैंकमा लगानी बढाउन पनि आग्रह गरे ।

सम्मेलनको नारा ‘एशियन बैंकिङः रोडम्याप फर रिकभरी एण्ड सस्टेन्ड ग्रोथ’ रहेको छ ।

Published Date: 09 November 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास